• २० वैशाख २०८१, बिहिबार

लागूऔषधसहित दुई युवक पक्राउ

blog

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख ७ गते ।
 जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

पुतलीबजार ११ सुम्रेखोलामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जीलाई नियन्त्रणमा लिएको हो  ।

क्षेत्री र दर्जीलाई शङ्कास्पद अवस्थामा भेटेपछि प्रहरीले चेकजाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले उनीहरूको साथबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद गरेको बताउनुभयो ।

युवकलाई शुक्रबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो ।