शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                गणेश खनाल
अर्घाखाँची, वैशाख ६ गते। अर्घाखाँची जिल्लाको शितगगा नगरपालिकाको कोप्चिबासमा बस दुर्घटना भएको छ। दाङ जाँदै आएको रा १ ख १५०५ नम्बर बस शितगगा नगरपालिका वाड न ४ कोप्चिबास भन्ने स्थान दुर्घटना भएको हो।
दुर्घटना हुँदा बसमा सवार मध्ये १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते सबैको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इप्रका ठाडाका प्रहरी नायक निरीक्षक डम्बर बुढाथोकीले जानकारी दिनुभयो। थप अनुसन्धान भइरहेको जनाइएको छ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                