• १८ वैशाख २०८१, मङ्गलबार

जङ्गली बँदेल मकै बारीमा

blog

नवलपरासी समाचारदाता

कावासोती, वैशाख ५ गते । गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै बालीमा पसेर बाली खानेदेखि भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको मध्यबिन्दु नगरपालिका–३ का सुवास नेपालले बताउनुभयो । 

विशेष गरी जङ्गली बँदेल गर्मीयाममा निकुञ्जको जङ्गलबाट बाहिर निस्कने र किसानले लगाएको मकै बाली नष्ट गर्ने मात्र नभई होइन मानिसकै ज्यानसमेत खतरामा पर्ने भएकाले सतर्कता अपनाउनुपर्ने पिठौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताउनुभयो । जङ्गली बँदेल निकै ठुलो हुने भएकाले त्यसले आक्रमणसमेत गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने मध्यबिन्दुण्–२ का स्थानीयले गुनासो गरेका छन् । जङ्गली बँदेलले मध्यबिन्दु २, ३ र ४ मा किसानले लगाएको २० बिघा क्षेत्रफलामा नष्ट पारेको संरक्षणकर्मी तिलक थापाले बताउनुभयो ।