• २१ वैशाख २०८१, शुक्रबार

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : उपाध्यक्ष घिमिरे

blog

काठमाडौं, वैशाख १ गते । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा  जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ । 

विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ ।