• २२ वैशाख २०८१, शनिबार

नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुनेछ : अध्यक्ष दाहाल

blog

काठमाडौँ, वैशाख १ गते । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सु(व्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जानेछन्। सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु उहाँले सन्देश मार्फत भन्नुभएको छ ।

नयाँ वर्ष वि.सं. २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।