• २० वैशाख २०८१, बिहिबार

बार्सिलोना र एट्लेटिको विजयी

blog

बल खोस्ने प्रयास गर्दै बार्सिलोना र पीएसजीका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, चैत २९ गते । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी भएका छन् । 

बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–२ गोलले हरायो । अर्को खेलमा एट्लेटिकोले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ गोलले हरायो । 

रोमाञ्चक खेलमा पीएसजीको मैदानमा बार्सिलोनालाई जिताउन राफिन्हाले ३७औँ र ६२औँ तथा आन्द्रेयास क्रिस्टियनसनले ७७औँ मिनेटमा गोल गर्नुभयो । पीएसजीका लागि औसमाने डेम्बेलेले ४८औँ र भिटिन्हाले ५१औँ मिनेटमा गोल गरेपनि टोलीको हार टरेन । 

यस्तै अर्को खेलमा एट्लेटिकोलाई जिताउन रोड्रिगो डी पउल र स्यामुएल लिनोले गोल गर्नुभयो । डर्टमन्डकाका सेबास्टियन हेलरले एक गोल फर्काउनुभयो । एजेन्सी