• २३ वैशाख २०८१, आइतबार

नेपाल चलचित्र सङ्घका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन

blog

काठमाडौं, चैत २७ गते । नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले केन्द्रीय कार्यसमिति गठन गर्नुभएको छ । सोमबार नेपाल चलचित्र सङ्घको सभाकक्ष विशालनगरमा अध्यक्ष महर्जनको अध्यक्षतामा सम्पन्न नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले सो समिति गठन गरेको हो ।

यही चैत १७ गते सम्पन्न सङ्घको ४९ औं वार्षिक साधारण सभामा भएको निर्वाचनले अध्यक्षमा महर्जन तथा १३ जना कार्यसमितिका सदस्यको निर्वाचन गरेको थियो ।

नव निर्वाचित कार्यसमितिको प्रथम बैठकले विधान अनुसार पलाधिकारीहरुको चयन तथा कार्यसमिति सदस्यहरु  मनोनयन गरी कार्य समिति गठन गरेको हो ।

गठित केन्द्रीय कार्यसमितिमा अध्यक्ष नरेन्द्र महर्जन, निवर्तमान अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष गोपालकाजी कायस्थ, द्वितीय उपाध्यक्ष कपिलप्रसाद द्वा, तृतीय उपाध्यक्ष ओमप्रकाश जैशी, महासचिव सुरेन्द्रकुमार थापा, उपमहासचिव लिप्रश शाक्य र कोषाध्यक्ष प्रज्जलशमशेर जबरा हुनुहुन्छ ।

त्यस्तै कार्यसमिति सदस्यहरु देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्दबहादुर शाही, दविराज ओझा, निरज गुप्ता, करण श्रेष्ठ, आशिष तामाङ, मिजास पोखरेल र महेन्द्रनारायण श्रेष्ठ  कार्यसमितिमा हुनुहुन्छ ।