• २२ वैशाख २०८१, शनिबार

‘मनसरा’ को वितरण अधिकार

blog

काठमाडौँ, चैत २७ गते । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ को अस्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । सेभेन सिजले चलचित्रको वितरण अधिकार किनेको हो ।

सेभेन सिजले चलचित्रलाई अस्ट्रेलिया, मध्यपूर्वसँगै अमेरिकामा पनि वितरण गर्ने छ । चलचित्रको निर्माण पक्ष र सेभेन सिजबिच शनिबार कागजी सम्झौता भएको हो । सम्झौतापत्रमा चलचित्रको तर्फबाट निर्देशक उपेन्द्र र निर्माता शैलेन्द्रध्वज कार्की तथा सेभेन सिजका तर्फबाट रमेश चौलागाईंले वितरणसम्बन्धी हस्ताक्षर गर्नुभएको छ । चलचित्रले विवाहित लिम्बुनीको विवाहित छिमेकी बाहुनबाजेसँगको सम्बन्धका बारेको कथावस्तुलाई देखाउन खोजेको छ । चलचित्र वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।