• १० जेठ २०८१, बिहिबार

राजीनामा दिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

blog

प्रकाशविक्रम शाह

धनगढी, चैत २२ गते। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले  राजीनामा दिने तयारी गर्नुभएको छ। बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएका शाहले विश्वासको मत प्राप्त नहुने देखेपछि राजीनामा दिने तयारी गर्नुभएको हो। 

प्रदेश सभा सदस्य नागरिक उन्मुक्ति पार्टीका टीका थापा, कैलाश चौधरी र स्वतन्त्र डा. तारा जोशी काठमाडौँमै रहेकाले विश्वासको मत पाउन कठिन देखिएपछि उहाँले राजीनामा दिने तयारी गर्नुभएको हो।

सरकार कायम रहनलाई ५२ सदस्यीय प्रदेश सभाका २७ जना सांसदको समर्थन आवश्यक थियो। तीन जना अनुपस्थित भएपछि  मुख्यमन्त्री शाहका पक्षमा २४ जना मात्र पर्ने देखिएको हो। 

उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ, स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा र कैलाश चौधरी आगामी सरकार गठनका सम्बन्धमा काठमाडौँमा छलफलमा व्यस्त हुनुहुन्छ।