• २० वैशाख २०८१, बिहिबार

हेटौँडामा चौथो मेयर कप

blog

हेटौँडा उपमहानगरपालिका कार्यालय ।

राममणि दाहाल

हेटौँडा, चैत २२ गते । हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा शनिबारबाट सुरु हुने चौँथौ हेटौँडा उपमहानगर स्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल उपमहानगरपालिका वडा नं. ३ र ११ बिच हुने भएको छ ।

बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगितामा पालिकाको १९ वटै वडाको सहभागिता रहेको उपमहानगरले जनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रोलाई ५० हजार र चौथोलाई २५ हजार रुपियाँ पुरस्कारसहित शिल्ड र प्रमाणपत्र पाउनेछन् । 

हेटौँडा ५ स्थित पिप्ले-क्याम्पा रङ्गशालामा हुने प्रतियोगिताको फाइनल खेल २०८१ वैशाख ४ गते हुनेछ ।