• १८ वैशाख २०८१, मङ्गलबार

क्षय रोगी पत्ता लगाउन गाउँमा बिरामीको स्क्रेनिङ

blog

क्षय रोगीको स्क्रेनिङ गरिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका बिरामी । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २२ गते ।
 स्वास्थ्य संस्थाहरूले क्षय रोगी पत्ता लगाउनका लागि गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्क्रेनिङ कार्य गरिरहेको छ । जिल्लामा क्षय रोगीको सङ्ख्या वृद्धि भएको हुन सक्ने देखिएपछि त्यसको स्क्रेनिङ कार्य गरिएको हो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका वरिष्ठ अनमी मनमाया ओली शाहीले गाउँपालिकाका पाँच वटा स्वास्थ्य संस्थामा शिविर नै सञ्चालन गरेर २९६ जना बिरामीको उपचार हुँदा सम्भावित क्षय रोगका बिरामी हुन सक्ने भन्दा स्क्रेनिङ गरिएको बताउनुभयो ।

जसमा १८ महिला र १७ जना पुरुष स्क्रेनिङ गरिएको छ । ती बिरामीको क्षयरोगको अवस्थाबारे केही दिनमा चिकित्सकले रिपार्ट सार्वजनिक गरेपछि मात्रै क्षयरोग बारे केही भन्न सकिने छ ।

डाँडाफया स्वास्थ्य चौकी, साता सामुदायिक स्वास्थ्य एकाइ, स्याँडा स्वास्थ्य चौकी, खोल्सी सामुदायिक स्वास्थ्य एकाइ र चौगानफया सामुदायिक स्वास्थ्य एकाइका स्वास्थ्य शिविरमा क्षय रोगीको स्क्रेनिङ गरिएको हो ।