• १३ साउन २०८१, आइतबार

एमाले सिन्धुपाल्चोक अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित

blog

नवनिर्वाचित अध्यक्ष होमनारायण श्रेष्ठ ।

चित्र मिजार

सिन्धुपाल्चोक, चैत २० गते । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । उहाँले ३६३ मत सहित कमल नेपाललाई १४ मतान्तरले पराजित गरी अध्यक्षमा विजयी हुनुभएको हो । कमलले ३४९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा अर्जुन कुमार भण्डारीले जित हासिल गर्नुभयो । उहाँले ३४५ मत र उहाँको प्रतिद्वन्द्धि विष्णुमणि आचार्यले ३०७ मत प्राप्त गर्नुभएको छ । सचिवमा ४०३ मत ल्याइ कृष्णगोपाल तामाङ विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्धि यज्ञराज सापकोटाले २७० मत पाउनुभयो ।

उपसचिव खुल्लातर्फ शिवहरि सापकोटाले ३३६ मत प्राप्त गर्नुभयो भने सोही पदमा विजयकृष्ण श्रेष्ठले ३१३ मत पाउनुभएको छ । उपसचिव खुल्ला महिलातर्फ सुशीला पाख्रिनले ४५६ मत पाई शोभा कार्कीलाई हराउनुभयो । कार्कीले दुई सय ८ मत पाउनुभयो ।

यस्तै, मतदान प्रक्रियामा ७१३ मत खसेको थियो । एक मत बदर भएको थियो । एक सय पाँच सदस्यीय जिल्ला कार्यसमितिमा ४ जना मनोनीत हुनेछन् ।