• १३ साउन २०८१, आइतबार

उखुको रस औषधीका लागि प्रयोग

blog

औषधी तयार गर्नका लागि भूमे गाउँपालिका–९ बिजौँराका स्थानीयले उखु कोलमा पेल्दै । तस्बिरः जयमान बुढा मगर

जयमान बुढा मगर
रुकुमपूर्व, चैत्र २० गते ।
जिल्लाको भूमे गाउँपालिका–९ का स्थानीयले उखु पेलेर निकालिएको रस औषधीका लागि प्रयोग गर्दै आएका छन् । स्थानीयले उखु पेलेर निकालिएको रसलाई पकाएर तयार भएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएका हुन् ।

उखुलाई कोलमा पेलेर निकालिएको रसलाई पका  थिग्र्याइएको वस्तु विभिन्न रोगका लागि औषधीको रूपमा प्रयोग गर्दै आएको भूमे–९ बिजौँराका कर्णबहादुर ओलीले बताउनुभयो ।

पहिले पुर्खादेखि नै उखु पेलेर निकालिएको रसलाई पका  तयार गरिएको वस्तु विभिन्न रोगको औषधीका लागि प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । यस प्रकारले बनाइएको औषधी जन्डिस, हाडजोर्नीको दुःखाइ, हातखुट्टा मर्केको, पेटसम्बन्धी लगायतका रोगमा प्रयोग गर्दै आएको ओलीले बताउनुभयो । त्यसैले घरेलु उपचार औषधका लागि हरेक वर्ष उखु पेल्ने गरेको ओलीको भनाइ रहेको छ ।

अर्का स्थानीय कमला खड्काका अनुसार उखु पेलेर निकालिएको रसलाई पका  तयार गरिएको वस्तुलाई महको मूल्यमै बिक्री गर्ने गरिएको छ । हाल मह धार्नीको तीन हजार  छ । त्यसै, अनुसार उखुको रसलाई पका  तयार गरिएको वस्तुलाई पनि धार्नीको तीन हजारमा बिक्री गर्ने गरेको खड्काले बताउनुभयो ।

भूमे–९ का स्थानीयले औषधीका लागि तयार गर्नु भएको उखुको रस छिमेकी वडा स्थानीयले समेत खरिद गर्न आउने गरेको वडाध्यक्ष विनोद बुढा मगरले बताउनुभयो । धेरै उखु भएका घरपरिवारले औषधीका लागि तयार गरेका उखुको रसबाट राम्रो आम्दानी गर्दै आएको समेत वडाध्यक्ष बुढा मगरको भनाइ छ ।