• १५ वैशाख २०८१, शनिबार

सहयोगका लागि क्यान्सर पीडितको अपिल

blog

ब्लड क्यान्सर पीडित विमला मिश्र पोखरेल

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १५ गते । रक्त  क्यान्सर पीडित विमला मिश्र पोखरेलले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ ।  

दुई महिनादेखि रक्त क्यासरबाट पीडित पोखरेलका पति गेहेन्द्र पोखरेलले उपचार महँगो र लामो समयसम्म उपचार गर्नुपर्ने भएकाले पारिवारिक स्रोतबाट मात्र सम्भव नहुने भन्दै सहयोगका लागि अपिल गर्नुभएको हो ।

भक्तपुरको कौशलटारमा बस्दै आउनु भएकी ५६ वर्षीया पोखरेल अहिले पाटन अस्पतालको रिफरमा जाउवालाखेलस्थित ब्लड हस्पिटलमा उपचाररत हुनुहुन्छ । उहाँलाई सहयोग गर्न चाहने महानुभावले नेपाल बैङ्क लिमिटेडको खाता नंं. ०४५०१०००१०२४१४०००००१ मा रकम जम्मा गर्न अनुरोध गरिएको छ ।