• १५ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

blog

उर्मिला अर्याल । फाइल तस्बिर

काठमाडौं, चैत १५ गते । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाउनु भएको हो । 

उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । 

सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिनुभएको हो । 

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ नेकपा (माओवादी केन्द्र) का नेत्री हुनुहुन्छ ।