• ४ जेठ २०८१, शुक्रबार

नेता खनालद्वारा नयाँ वर्षको शुभकामना

blog

फाइल फोटो

काठमाडौं, वैशाख १ गते । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले जारी गर्नुभएको सन्देशमा देश–विदेशमा रहनुभएका सबैनेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ । मुलुकमा संविधानको रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण हुने सन्देशमा उल्लेख गरिएको छ ।