• १३ साउन २०८१, आइतबार

पाल्पामा किशोरीको शव फेला, हत्या भएको आशंका

blog

रेखीराम राना

तानसेन, चैत १४ गते । पाल्पामा एक किशोरीको शव फेला परेको छ । जिल्लाको रिव्दीकोट–१, ख्याहास्थित लप्सीखोला नजिकै मङ्गलवार बेलुकी ५ बजेतिर किशोरीको शव फेला परेको हो । 

स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा पदमा सुनारको शव फेला परेको स्थानीय बासिन्दा रामप्रसाद न्यौपानेले बताउनुभयो । किशोरीको शव क्षतविक्षत अवस्थामा रहेको उहाँले बताउनुभयो । उनको हत्या भएको आशंका गरिएको छ । 

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको जनाएको छ । घटनास्थल पुगेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।