• २२ वैशाख २०८१, शनिबार

प्रादेशिक ललितकला प्रदर्शनी (फोटो फिचर)

blog

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८० अवलोकन तथा कलाको जाकारी अदानप्रदान गरिदैँ । तस्बिर: केशब गुरुङ

काठमाडौं, चैत १३ गते । बागमती प्रदेश  ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ भइरहेको छ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०, सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना गरेको हो। सातमध्ये छ प्रदेशमा प्रदर्शनीको आयोजना जारी छ। 

प्रदर्शनीमा बागमती प्रदेशको मौलिक तथा रैथाने कलालाई प्राथमिकता दिएर समसामयिक चित्रकला, परम्परागत चित्रकला र मूर्तिकला, समसामयिक मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला,  नेपाल तथा विश्वमा चलेका तथा अन्य सिर्जनात्मक कलालगायत  विविध विधाअन्तर्गतका २१० कलाकारका २४५ भन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएको नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका सदस्य सचिव देबेन्द्रकुमार काफ्लेले जानकारी दिनुभयो।

देशभरका कलाको  पहिचान, कलाकारको पनि पहिचान हुने र कलाकारको हौसला बढाउनुका साथै राष्ट्रियस्तरका कलाकारको परिचय गराउने उदेश्यले  प्रदर्शनीको आयोगना गरेको काफ्लेले बताउनुभयो । प्रदर्शनीमा विभिन्न विधा अनुसार प्रदेशस्तरीय पुरस्कारको व्यवस्था रहेको उहाँले जारकारी दिनुभयो । चैत १२ गते सुरू भएको प्रदर्शनी चैत १६ गतेसम्म चल्नेछ। 


 

प्रादेशिक ललितकला प्रदर्शनी प्रादेशिक ललितकला प्रदर्शनी प्रादेशिक ललितकला प्रदर्शनी प्रादेशिक ललितकला प्रदर्शनी
Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।