• १३ साउन २०८१, आइतबार

कारको ठक्करबाट एकको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, चैत १३ गते । पूर्वी मकवानपुरको धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नं. ४ गोठखोलामा कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमवार दिउँसो  हात्तिसुँडेबाट  आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेका साइकलमा सवार स्थानीय ११ वर्षीय निशान बानियाको मृत्यु भएको हो । 

कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएका बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।