• १६ वैशाख २०८१, आइतबार

एमाले सुर्खेत अध्यक्षमा देवकोटा निर्वाचित

blog

नवौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको टिम । तस्बिर: गोरखापत्र

मुना हमाल

सुर्खेत, चैत १२ गते । नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा उहाँले अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । देवकोटाले जम्मा तिन सय ५१ मत प्राप्त गर्नु भएको छ भने बिसीले एक सय ३२ मत प्राप्त गर्नु भएको छ । 

यस्तै उपाध्यक्षमा मोहनबहादुर बडुवालले तिन सय ४६ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी तारा केशर गौतमले जम्मा एक सय ३० मत प्राप्त गर्नु भएको छ । यस्तै, सचिवमा डम्बर तिवारीले दुई सय ९१ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी डन्डीप्रसाद शर्माले एक सय ८९ मत प्राप्त गर्नु भएको  छ।  

यस्तै उप–सचिव खुलामा टिकाराम सोमैले तिन सय २४ मत र  उपसचिव महिलामा सुशीला विश्वकर्माले तिन सय ३३५ मत प्राप्त गरेर  निर्वाचित हुनु भएको छ ।   नेकपा एमाले सुर्खेतको नवौँ अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान सुरु भएर बेलुका ६ बजेसम्म सकिएको थियो । सदस्यहरूको मतगणना जारी छ । निर्वाचनमा कुल चार सय ९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए । चैत ८ गते बिहीबारदेखि नवौँ अधिवेशन सुरु भएको थियो ।