• ११ माघ २०८१, शुक्रबार

बिमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

blog

काठमाडौँ, चैत ५ गते । स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध भएका अस्पतालहरूलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बिमामा आबद्ध अस्पताललाई परिपत्र जारी गर्दै नियमित ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गर्नुभएको हो । 

उहाँका अनुसार एक सय शय्यासम्मको अस्पतालले हप्तामा एक दिन, दुई सय शय्यासम्मको अस्पतालले हप्तामा दुई दिन र तीन सय शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने छ । 

साथै सरकारी स्वास्थ्य संस्था आधारभूत अस्पताल, प्रादेशिक अस्पताल) हरुले आफूलाई अत्यावश्यक परेको वा देखिएको अवस्थामा विशेषज्ञको सहयोग लिनका लागि नजिकको विशिष्टिकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने बोर्डका शाखा अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार हाल बोर्डमा करिब चार सय ४० अस्पताल आबद्ध छन् । रासस