• १३ साउन २०८१, आइतबार

भीमफेदीमा ट्रिपर दुर्घटना

blog

मकवानपुरको हेटौँडा–भैँसे सडकखण्डको भीमफेदी–१ खोप्लाङमा दुर्घटनामा परेको ट्रिपर । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, चैत ५ गते ।
मकवानपुरको हेटौँडा–भैँसे सडकखण्डको भीमफेदी–१ खोप्लाङमा सोमबार बिहान ट्रिपर दुर्घटना भएको छ । ट्रिपर दुर्घटना हुँदा चालक च्यापिएको र उहाँको उद्धार प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ऋद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङ्गाखानीबाट ढुङ्गा लिएर फ्याक्ट्रीतफर् आउँदै गरेको ना.८ख ८९१० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

ट्रिपर चालक जिल्ला हेटौँडा उपमहानगरपालिका– १५ भोर्लेका ४३ वर्षीय वीरबहादुर वाइबा च्यापिएको अवस्थामा रहेको र उहाँको उद्धारको प्रयास भइरहेको प्रवक्ता भण्डारी जानकारी दिनुभयो । उद्धारमा जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको टोली र नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर  सुपारेटार ब्यारेकबाट सेनको टोली खटिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।