बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै
तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।
हेलिकोप्टरमा दुई पाइलट अनिवार्य
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिनुभयो ।
नेपाल र पाकिस्तानबीच हिमाली पर्यटनको सम्भावना
नेपाल र पाकिस्तानले पर्वतारोहणको क्षेत्रमा सहकार्य गर्दै आपसी हिमाली पर्यटन प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गरिएको छ । सगरमाथा दिवसको अवसर पारेर पाकिस्तानको राजधानी इस्लामाबादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले त्यस्तो विचार व्यक्त गर्नुभएको हो ।
लोमान्थाङको पर्यटन पुरानै लयमा फर्कियो
मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ । कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालु यामदेखि पर्यटकको चहलपहल बढेको हो ।
कपिलबस्तुमा अवधि सांस्कृतिकग्राम निर्माण हुने
नारद कोहारतौलिहवा, जेठ १७ गते । कपिलबस्तु बुद्धभूमि नगरपालिका १० को चेतरदेई र मोतिनगर क्षेत्रमा अवधि सांस्कृतिकग्राम निर्माण हुने भएको छ । सो अवसरमा लुम्बिनी प्रदेश सरकार र स्थानीयबीच छलफल कार्यक्रम सम्पन्न भएको हो ।अवधि सांस्कृतिकग्राम निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । उक्त ग्राम निर्माणका लागि नगरबाट हुने सक्दो सहयोग गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।सो सांस्कतिकग्राम निर्माणका लागि जग्गाको छनौट पनि भइसकेको बुद्धभूमि नगरपालिका १० का वडाध्यक्ष सन्दिप पाण्डेयले बताउनुभयो । निर्माण हुन लागेको ग्राममा स्थानीय कला, संस्कृति, पार्क, अवधि भेषभूषालगायत स्थानीय स्तरमा हुने सम्पूर्ण चाड पर्वको झल्को दिने गरी निर्माण हुने स्थानीय समाजसेवी तुलसीराम यादवले बताउनुभयो ।निर्माण हुन लागेको अवधि सांस्कृतिकग्राम बुद्धभूमि नगरपािलका १० का सानो चेतरादेहई, ठूलो चेतरादेई, भगवानपुर, मोतिनगर, बैकुण्ठपुर र जनकपुरका स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुनेछ ।
हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण
पाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप संचालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा हिमालबाट संकलन गरिएको नकुहिने १२,३५६ केजी तौल फोहोर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको छ ।
राजकुमारी आश्माको सफल सगरमाथा आरोहण
कतारकी राजकुमारी आश्मा विन्त थानी अल–थानीले संसारकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । समुद्री सतहदेखि ८,८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेर कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गर्दै उहाँले सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबि महिला बन्नुभएको कतार ओलम्पिक कमिटीले ट्वीट गरी जनाएको छ ।
तारा एयर दुर्घटना छानविनका लागि जाँच आयोग गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको कारण बारे छानविन गर्न पाँच सदस्सीय दुर्घटना जाँच आयोग गठन गरकेो छ ।
प्रदूषणले टौदहका माछा मर्न थाले
कीर्तिपुर, जेठ १५ गते । कीर्तिपुरस्थित टौदह (तःपुखु) मा छोडिएका विभिन्न प्रकारका माछा मर्न थालेका छन् । वर्षामा परेको पानीमा मिसिएको रासायनिक युरिया मल र नजिकै खोलिएका पार्टी प्यालेस र रेष्टुरेन्टबाट आउने रसायनयुक्त फोहाेर पानीका कारण माछा मर्न थालेको स्थानीयवासी बताउँछन् ।फोहर र दुर्गन्धित पानी सिधै टौदहमा मिसाइएकाले यस्तो समस्या आइपरेको हो । माछा मर्न थालेपछि पानीलाई अहिले डाइभर्ट गरी पोखरीमा मिसिन नदिएर खोल्सामा फालिएको छ ।सो टौदहमा हिन्दु र बौद्ध धर्मग्रन्थ अनुसार काठमाडौं उपत्यकामा रहेको पानी मञ्जुश्रीले आफ्नो खड्गबाट चोभारको गल्छी काटेपछि मैदान बनेको थियो र, त्यहाँ बसोबास गर्न असमर्थ भएपछि टौदहमा कर्काेटक नागलाई स्थानान्तरण गरिएको भनाइ छ । सो पोखरीमा बौद्ध धर्मका पद्मसम्भव गुरु दक्षिणकालीको शेषनारायणमा ध्यान गरेर चीन (तिब्बत) तिर धर्म प्रचार गर्ने क्रममा स्नान गरेको पाइन्छ । यही कारणले बौद्ध भिक्षुहरुले यस टौदहमा विभिन्न प्रकारका माछा छाड्ने प्रचलन छ ।स्थानीय देव खड्का अनुसार, भाँडा माझ्ने रासायनिक झोल, शौचालयको फोहाेरको कारणले माछालगायत जलचलहरु मर्न थालेको बताउनुभयो । रसायनयुक्त फोहर पानी टौदहमा सिधै फ्याँकिएकाले पनि माछा धमाधम मारिएका हुन् । विगतमा प्राकृतिक वासस्थानका कारणले टौदह आसपासमा रुसको साइबेरियादेखि घुमन्ते चारचुरुङ्गी चिसो छल्न र आहाराको खोजीमा आउने गर्दथे । सो क्षेत्रमा पार्टी प्यालेस र रेस्टुरेन्टसहित व्यापारिक प्रयोजनमा पिकनिक स्पटलगायतका भौतिक संरचनाले ती घुमन्ते चराचुरुङ्गीको वासस्थानमा समस्या पैदा भएको हो । ती क्षेत्रमा अहिले अति कम घुमन्ते चराचुरुङ्गी देख्न पाइन्छ ।फोहाेर दुर्गन्धित पानीको असर ती घुमन्ते चारचुरुङ्गीलाई पनि परेको स्थानीय ज्ञानेन्द्र महर्जन बताउनुहुन्छ ।