दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो
शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको हो । घरघरमा खानेपानीको धारा जडान गरी पानी आउन थालेपछि स्थानीयहरू खुसी भएका छन् ।
बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
पेप्सीकोलाबाट रत्नपार्कतर्फ आउँदै गरेको बा३ख ७०६२ नम्बरको बसले तीनकुनेमा मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सुदूरपश्चिमको केबुलकार सपना
सुदूरपश्चिमको विकासको थप आधारका रूपमा केबुलकार सञ्चालनलाई पनि लिइएको छ ।
प्राध्यापक थापा मृत फेला, हत्याको आशङ्का
भवानी दत्त भट्टबेलौरी(कञ्चनपुर) वैशाख २५ गते । बाजुरामा एक प्राध्यापक शङ्कास्पद अवस्थामा मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको बुढीगंगा नगरपालिका –६ सायल घर भएका ३८ वर्षीय नरेन्द्र थापा बुधवार साँझ मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराको बडिमालिका क्याम्पसमा अध्यापन गराउँदै आउनुभएका थापा साफे मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा घोप्टो परेको अवस्थामा मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो ।बुधवार बिहान क्याम्पसमा अध्यापनका लागी जानुभएका थापा साँझ साढे ६ बजेको समयमा मृत अवस्थामा फेला परेको जानकारी पाएको प्रहरीले बताएको छ । यद्यपि प्रहरीले उनको मृत्युको कारण भने खुल्न नसकेको जनाएको छ । थापाको आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । क्याम्पसबाट करिब ५ सय मिटरको दुरीमा थापा नालामा मृत फेला पर्नुभएको थियो । थापाको दुवै आँखा फुटालेको, टाउको र मुखमा चोट रहेको छ । थापाको मृत्यु शङ्कास्पद भएको भन्दै स्थानीयहरूले घटनाको अनुसन्धान गरिनुपर्ने माग राखेका छन् । स्थानीय नयाँ भारतीले थापाको आँखा फुटेको , टाउको र मुखमा गहिरो चोट रहेकाले उहाँको हत्या गरिएको आशङ्का व्यक्त गर्नुभयो । मृतक थापाको शव बिहीबार बिहान पोस्टमार्टमका लागी जिल्ला अस्पताल मार्तडीमा लगिएको छ । थापाका एक छोरा र छोरी रहेका छन् । थापाका श्रीमती स्वामीकार्तिक खापर गाउँपालिकामा अध्यापन गराउँदै आउनुभएको छ । थापा घरमा एक्लै बस्दै आउनुभएको थियो ।
सेती लोकमार्ग : समृद्धिको आधार
सुदूरपश्चिमेलीको समृद्धिको सपना बोकेको सेती लोकमार्ग निर्माण सुरु भएको डेढ दशक बितिसक्यो ।
प्रदेश गौरवका सडक
सुदूरपश्चिम प्रदेश भौगोलिक अवस्थाको दृष्टिकोणले सहज छैन ।
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदर्शालाई बस हस्तान्तरण गरिएको छ ।
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता
यहाँको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु पाल्ने किसानलाई रु पाँच हजारका दरले पोषणभत्ता वितरण गरेको हो ।
विश्व स्मृति एवं मेलमिलाप दिवस आज
संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।
उन्नतिको जग महाकाली कोरिडोर
महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) सुदूरपश्चिमको समृद्धिको सपनासँग जोडिएको निर्माणाधीन राष्ट्रिय राजमार्ग हो । छिमेकी मुलुक भारत र चीनसँग नाका जोड्ने महत्वपूर्ण रणनीतिक सडक योजना महाकाली कोरिडोर अन्तर्गत विभिन्न खण्डमा काम भइरहेको छ । कञ्चनपुरको बह्मदेवबाट दार्चुलाको टिङ्कर हुँदै चीनको ताक्लाकोट जोड्ने लक्ष्यका साथ २०६६ सालमा निर्माण सुरु भएको यो सडकको कार्य प्रगति भने सन्तोषजनक छैन ।
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै
‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ ।
विकासको अवस्था, सम्भावना र चुनौती
सुदूरपश्चिम प्रदेशमा कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, डोटी, अछाम, कैलाली र बझाङ गरी नौ वटा जिल्ला रहेका छन् ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
उज्यालोतर्फको यात्रा
‘सूर्य पनि अस्ताउन मात्रै सुदूरपश्चिममा आउँछ’, साहित्यकारले यसो भनेका भए पनि अँध्यारोमा बाँचिरहेको सुदूरपश्चिममा बिजुली नहुँदा डुबेको घाम हेर्दै बस्नुपर्ने अवस्था थियो ।
कृषिमा आत्मनिर्भरतातर्फ
कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन सहयोग गरेको पाइएको छ ।
विकासमा फड्को मार्दै टीकापुर
कुनै समयमा टीकापुरलाई छुट्टै राज्य भनिने गरिएको थियो ।
स्वास्थ्य सेवामा फड्को मार्दै
सुदूरपश्चिमका दुई ठुला प्रादेशिक अस्पतालले स्वास्थ्य सेवा विस्तारका क्रममा फड्को मार्दै आएका छन् ।
माओवादी संसदीय दलको विवाद कायमै
लामो समयदेखि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद समाधान हुन सकेको छैन ।
राहत हैन, सास्ती बन्यो सामाजिक सुरक्षा भत्ता
सरकारले वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि सामाजिक सुरक्षा भत्ता योजना ल्याएको निकै वर्ष भयो तर नीतिगत सुधारका नाममा सरकारले भत्ता वितरणमा बैङ्किङ प्रणाली लागु गरेपछि भने बझाङलगायत दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने लाभग्राहीका लागि यो राहत होइन, उल्टै सास्ती बन्न थालेको छ ।
बुढ्यौली जनसङ्ख्याको प्रभाव
कुनै पनि देशमा जनसङ्ख्या विकासको पहिलो सर्त हो
अनुकरणीय व्यक्तिको अवसान
“ए ! अनि इन्जिनियरिङ पढाइ सकेर फर्किइसकेको हो ?” म हिमसागर दाजुसँग पुल्चोकस्थित मन्त्री निवास (क्वाटर) बाट बाहिरिँदै गर्दा त्यही निवासमा छिर्न लागेका करिब ४०/४२ बर्से एक व्यक्तिले गेटमा मसँग एक्कासि गरेको प्रश्नले म एकछिन अक्क न बक्क परेँ ।
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
तनहुँ, वैशाख २५ गते । यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
काभ्रेको पुरानो अस्पतालमा ‘१२८ स्लाइस सिटी स्क्यान मेसिन’ सेवा
काभ्रेपलाञ्चोकको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा ‘सिटी स्क्यान मेसिन’बाट सेवा दिइने भएको छ । यसका लागि आज एक कार्यक्रमबीच अस्पताल स्थापनाको ६५ वर्षपछि १२८ स्लाइटको सिटी स्क्यान मेसिन राखिएको हो ।
विधायन ऐन कार्यान्वयनमा चासो
विधेयक भन्नाले सङ्घीय संसद्मा पेस भएको ऐनको मसौदा सम्झनु पर्छ ।