मानव बेचबिखनविरुद्धको प्रदेश नीति तयार
महिला बेचबिखन तथा ओसारपसारको जोखिम कायम रहेको पाइएको छ । विगतमा महिलालाई भारतमा बेचबिखन तथा ओसारपसार हुँदै आएकोमा पछिल्लो समय बेचबिखन तथा ओसारपसारको माध्यम र स्वरूपमा परिवर्तन
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएसँगै यसले गति लिएको छ ।
खानाबाट पनि लाग्छ रोग
क्याम्पाइलोब्याक्टरले बर्सेनि करोडौँ मान्छेलाई सङ्क्रमित पार्छ । गुलियनबारे सिन्ड्रोमसँग यसको सम्बन्ध हुन्छ । यस सिन्ड्रोमले न्युरोमस्क्युलर पारालाइसिस गराउँछ । यसले गर्दा कोही व्यक्ति सधैँका लागि थला पर्छन् । ई. कोली ‘०१५७:एच७’ ले खाना सङ्क्रमित भएर विशेष गरी बालबालिका बढी प्रभावित हुने गरेका छन् । यसले हेमोलेटिक युरेमिक सिन्ड्रम उत्पन्न गर्न सक्छ । यस सिन्ड्रमले मिर्गौला
मोटोपना भएको कसरी थाहा पाउने ?
बडिमास इन्डेक्स (बिएमआई)द्वारा मानिस मोटो, दुब्लो वा ठिक्कको निक्र्योल गरिन्छ । कुनै मानिसको तौल (किलोग्राममा)लाई उसको उचाइ (मिटरमा)को वर्गले भाग गरी बिएमआई निकालिन्छ । यसको सूत्र हो– kg/m2 । बिएमआई २५ भन्दा बढी भएमा मोटो भएको मानिन्छ । बिएमआई ३० भन्दा बढी भएमा अति मोटो अर्थात् ‘ओबेज’ भनिन्छ । अफ्रिका र एसियामा बयस्क व्यक्तिको औसत बिएमआई २२–२
धनुषाका दुई सहिद छैनन् सूचीमा
सहिद सप्ताह बुधबारबाट सकिएको छ । देश तथा जनताको मुक्ति र अधिकारका लागि जीवन बलिदान गर्ने सहिदप्रति सम्मान गर्न देशैभर माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइएको थियो । नेपाली जनतालाई अधिकारसम्पन्न नागरिक बनाउँदै जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था एवं त्यसपछिका विभिन्न अधिकार प्राप्तिका आन्दोलन एवं लोकतान्त्रिक जनआन्दोलनमा प्राण आहुति गरेका वीर सपुतको योगदान स्मरण गर्दै सहिद सप्ताह मनाइएको थियो ।
अन्तरिक्षमा कछुवा, मुसा र कीरा
इरानले कछुवा, मुसा र कीरा राखेर अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको छ । भविष्यमा अन्तरिक्षमा मानिस पठाउने तयारीस्वरूप उसले यी जीव राखेर अन्तरिक्षयान प्रक्षेपण गरेको हो। यो यानको नाम सलमान राखिएको छ। सलमान पृथ्वीबाट एक सय ३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ।
करेन्ट लागेर मृत्यु हुनुभएका कुर्मीको परिवारलाई ११ लाख प्रदान
बाँके जिल्लामा क्रियाशील एक लघुवित्त संस्थाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत ११ लाख बढी रकम उपलब्ध गराएको छ ।
नगरवासीको अपेक्षा पूरा गर्छौं
देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :
कुष्ठरोगका चौबिस नयाँ बिरामी फेला
चालु आर्थिक वर्षको छ महिनामा कर्णालीमा कुष्ठरोगका २४ जना नयाँ बिरामी फेला परेका छन्। सुर्खेतस्थित साइनिङ अस्पताल आइएनएफमा आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन्। नयाँ बिरामीमध्ये सुर्खेतका सात जना छन्। दैलेख र जाजरकोटका तीन/तीन, सल्यानका दुई, कालीकोटका एक, बाँके र अछामका एक/एक तथा बर्दिया र रुपन्देहीका दुई/दुई जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्। साइनिङ अस्पताल आइएनएफ सुर्खेतका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार शङ्का लागेर जाँच गराउन आएकामध्ये २४ जना नयाँ बिरामी फेला परेका हुन् । नयाँ बिरामी फेला परेपछि उपचारका लागि सम्बन्धित स्थानका स्वास्थ्य संस्थामा पठाइएको र जटिल खालकालाई मात्र साइनिङ अस्पतालमा राखेर उपचार गराइएको जनाइएको छ ।