समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
दोदा नदीमा पूर्वसूचना यन्त्र जडान
कञ्चनपुरको दोदा [मछेली] नदीमा बाढी पूर्वसूचना यन्त्र [राडार लेभल सेन्सर] जडान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरीया कैलालीको प्राविधिक सहयोगमा रु १० लाख बढीको लागतमा सो यन्त्र जडान गरिएको हो ।
‘भूठान’ मा हलिउड कलाकार
चलचित्र भूठान ‘द वल्र्ड ह्यापियस्ट म्यान’ को छायाङ्कन सकिएको छ । सो चलचित्रमा भारतीय कलाकार अनुराधा मजुमदार, हलिउड अभिनेता ब्रुस डनलगायतका कलाकारको अभिनय रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
प्रविधिमा फड्को मार्दै चलचित्र उद्योग
साठीको दशकतिर नेपाली चलचित्रमा पुरानो प्रविधिमा सेल्युलाइड क्यामरामार्फत नेगेटिभमा चलचित्र खिचिन्थे । त्यतिखेर चलचित्रको बजार सानो थियो । चलचित्र पनि कम निर्माण हुन्थे । समय परिवर्तनसँगै चलचित्रको बजार विस्तार भएको छ । पछिल्ला दिनमा डिजिटल प्रविधिमा चलचित्र निर्माण तथा प्रदर्शन हुन थालेपछि चलचित्रको बजार पनि विस्तार हुन थालेको छ । पहिले सेल्युलाइड प्रविधिमा चलचित्र प्रदर्शन गरिँदा उपत्यका बाहिर वा भित्र मात्र प्रदर्शन गरिन्थ्यो । प्रिन्ट तयार गर्न निर्माताको खर्च हुने भएकाले एकसाथ नेपालभर प्रदर्शन सम्भव थिएन । अहिले प्रविधिले गर्दा त्यो अवस्थाको अन्त्य भएको छ । चलचित्रमा प्रविधिले राम्रो फड्को मारेको छ ।
इतुम्बहालमा सामूहिक बेल विवाह
केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुईदिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाका लागि इहि एउटा विशेष संस्कार हो ।
उपनिर्वाचनको तयारीमा आयोग
स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी गरेको छ । आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिनुभयो । उहाँले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताउनुभयो ।
छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु
सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम लिनेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको अझै धेरै छन् । बोर्डका अनुसार यस अवधिमा बोर्डको कल्याणकारी कोषबाट ३७ करोड पाँच लाख रुपियाँ मृतक श्रमिकका परिवारले आर्थिक सहायता लिइसकेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल/मटितेल प्रतिलिटरमा दुई/दुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ ।