गणतन्त्रका लाभ जनतामा पुर्याउन दृढतापूर्वक लागेका छौं : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गणतन्त्रका लाभहरूलाई आम नागरिकमा पुर्याउन दृढतापूर्वक प्रयास गरिरहेको बताउनु भएको छ ।
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल
समृद्ध र समतामूलक नेपाल निर्माण होस् : अध्यक्ष दाहाल
समृद्ध र समतामूलक नेपाल निर्माण होस् : अध्यक्ष दाहाल
जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे
सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
गणतन्त्रबाटै राष्ट्रको रुपान्तरण गर्न सकिन्छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताउनु भएको छ ।
जनतामा सकारात्मक परिवर्तनको अनुभूति हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिन्छ भन्नु भएको छ ।
सञ्चार मन्त्रालयको १६ महिने उपलब्धि सार्वजनिक (पूर्णपाठ सहित)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको १६ महिने उपलब्धि सार्वजनिक भएको छ । मन्त्रालयले सो उपलब्धि सोमबार सार्वजनिक गरेको हो ।
मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गर्दै उहाँलाई पदमुक्त गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सोमबार बदर हुने फैसला सुनाएको हो ।
मर्यादा विपरीत काम गर्ने दुई शिक्षक पदमुक्त
पेसागत मर्यादाविपरीत काम गरेको भन्दै बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पदमुक्त गरेको छ ।
‘बङ्गलादेशमा एमबिबिएस र बिडिएस पढ्न नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउने’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बङ्गलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनका लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरूले पढ्न पाउने अवस्था बनेको बताउनुभएको छ ।
डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबिच समन्वय गर्न जरुरी : महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य डुबान रोक्नका लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल—भारतबिच समन्वय गर्न जरुरी रहेको बताउनुभएको छ ।
विपद् जोखिममा जनताको उद्धारका लागि टास्क फोर्स बन्छ : उपप्रधानमन्त्री
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ गतेसम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनुभएको छ ।
मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिसरमा आज छड्के अनुगमन गर्नुभएको छ ।
अत्यधिक गर्मीले तीन दिन विद्यालय बन्द
कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
काकाकुल अँधेरीगाउँ
मिर्चैया बजारबाट करिब १५ किलोमिटर उत्तर-पूर्वको चुरेफेदमा पर्छ अँधेरीगाउँ । मिर्चैया नगरपालिका-९ को यो गाउँवासीले हिजोआज धित मरुञ्जेल पानी पिउन पाएका छैनन्, त्यो पनि महिनौँसम्म । खडेरी लम्बिएको छ । खोला, इनार र कुवा सुकेका छन् ।
जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको प्रचारप्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा
नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ ।
अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।
भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित
विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम सहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।
बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च
नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पुर्याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।
अध्यक्ष सिरोहियालाई अदालत उपस्थित गराइँदै
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सोमबार अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बागमतीमा डेंगु सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ १३ गते आइतबारसम्म प्रदेशका १३ जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार ४७५ पुगेको हो ।
चार सवारी साधन दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ बर्षिय राजन सुवेदी छन् ।
सुन र चाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ । आइतबार प्रतितोला रु एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु एक लाख ३७ हजार दुई सय कायम भएको छ ।