सुविधाजनक वा आरामदायक पत्रकारिता
गएको पुस १४ गतेका नेपाली मिडिया हेर्ने हो भने चन्द्रागिरि डाँडामा मात्रै हिउँ प¥यो । नेपाली मिडियाको रिपोर्टिङलाई आधार मान्ने हो भने हिउँ परेको देख्ने चन्द्रागिरि हिल्सका अधिकारीहरू मात्रै थिए । अघिल्लो रातिदेखि परेको हिउँका बारेको समाचार भोलिपल्टका काठमाडौँकेन्द्रित माध्यम र त्यसपछिको कपिपेस्टकारिताअन्तर्गत देशैभरका माध्यमको समाचार स्रोत एउटै देखियो ।
पत्रकारिताको पाठशाला
नेपाली भाषामा नेपालबाटै प्रकाशित भएको पहिलो साहित्यिक पत्रिका सुधा सागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहास यतिखेर एघार दशक नाघिसकेको छ । वि.सं. १९५५ को साउनमा प्रकाशित यो पत्रिकाको तीन वर्षपछि अर्थात् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको हो । गोरखापत्रले नेपालमा अखबारी पत्रकारिताको सुरुवात गराएर मुलुकमा पत्रकारिताको जगको ढुङ्गो बसालेको हो । त्यो जगबाट सुरु भएको इतिहासले आज बाह्र दशक पार गरेको छ । गोरखापत्रले आफ्नो उमेर १२० वर्ष पूरा गरिरहँदा नेपालमा पत्रकारिताको इतिहासले पनि यही उमेर पछ्याएको छ । यस हिसाबले हेर्दा हाम्रो देशमा पत्रकारिताको इतिहासलाई एक समृद्ध एवं सम्पन्न मान्नुपर्छ किनभने दक्षिण एसियाकै इतिहासलाई हेर्ने हो भने पनि यस क्षेत्रबाट प्रकाशित हुने सय वर्ष पुराना दसवटा दैनिक पत्रिकाभित्रै नेपालको गोरखापत्र पनि पर्छ । कुनै एउटा पत्रिका सय वर्षभन्दा बढी समयसम्म निरन्तर प्रकाशित हुनुलाई त्यस देशको पत्रकारिता अध्ययनको सम्पन्न पाठशालाका रूपमा नै लिन सकिन्छ । नेपाली पत्रकारिता क्षेत्रको यो एउटा सम्पन्न र सकारात्मक पाटो हो ।
डिजिटल पत्रकारिताको रफ्तार
डिजिटल पत्रकारिताका बारेमा एउटा खुसीको खबर छ भने अर्को दुःखद खबर । खुसीको खबर के छ भने इन्टरनेटमा जोकोही आफूलाई पत्रकार दाबी गर्न सक्छ । एउटा वेबसाइट बनाउनुहोस्, नाम चलेका अनलाइनबाट समाचार सामग्री तानतुन पार्नुहोस्, गुगलमा फोटोहरू खोजेर डाउनलोड गर्नुहोस् र वेबसाइटमा पोस्ट गर्नुहोस् । फेसबुक, ट्विटरसहितका सोसल मिडियामा समाचार सेयर गर्नुहोस् । युट्युबमा एउटा च्यानल पनि चलाउनुहोस्, भिडियोहरू अपलोड गर्न थाल्नुहोस् । बस, तपाईं पत्रकार भइहाल्नुभयो तर दुःखद खबर के छ भने इन्टरनेटमा राम्रो पत्रकार बन्न र राम्रो पत्रकारिता गर्न सजिलो छैन । पाठकका विविध रुचि, छिनछिनमा भइरहने घटना र दिनानुदिन बदलिँदो सूचना तथा सञ्चार प्रविधिका कारण अनलाइन पत्रकारिता अप्ठ्यारो छ । मिडिया अध्ययनका विद्वान् सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनको भेद
नेपाली पत्रकारिताको मियो
नेपाली पत्रकारिता क्षेत्रमा एउटा अध्याय रचिएको दिन हो– वैशाख २४ गते । विक्रम संवत् १९५८ वैशाख २४ गते ‘गोर्खापत्र’ प्रकाशित भएको थियो । गोरखापत्र त्यसयता निरन्तर प्रकाशित भइरहेको छ । भोलि गोरखापत्रले आफ्नो १२२औँ वार्षिकोत्सव मनाउँदै छ । गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर भोलि सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाउन लागिएको हो । नेपाली पत्रकारिता जगत्को धरोहरका रूपमा रहेको गोरखापत्रले यस अवधिमा अनेकौँ आरोह–अवरोह पार गरेको छ । देशमा भएका सबैखाले परिवर्तनको जिउँँदोजाग्दो साक्षीका रूपमा गोरखापत्र सतीसाल जस्तो उभिएको छ ।
स्थानीय तहको प्राथमिकता
तरकारीको थोक बजारमा साढे चार सय रुपियाँ प्रतिकिलो बिकिरहेको कागती महँगो भयोभन्दा बिक्रेताको जबाफ यस्तो थियो, “अझैँ महँगो हुन्छ किनकि यो त मद्रासी कागती हो, अब केही दिनमा उताबाट आउन बन्द हुन्छ ।” त्यो मद्रासी कागती हेर्दै म विगतको आफ्नो गाउँ सम्झन्छु, जहाँ कागतीलगायत अमिलो जातका फल घरघरै लटरम्म फलेका हुन्थे । अहिले ती करेसाबारी र गराहरूमा तितेपाती र सिस्नो भरिएको छ । यति मात्र होइन, बजारमा खुसार्नीबारे सोध्दा जबाफ आउँछ, “बङ्गलादेशबाट आएको । लसुन चाइनाको, प्याजलगायतका हरियो तरकारी भारतको, धन्न आलुचाहिँ स्व
सूचनासम्बन्धी हकको प्रयोग
सामान्यतः सूचना कुनै पनि विषयको जानकारी हो । यो ज्ञानको स्रोत पनि हो । यस्तो सूचना सत्य र सही हुनुपर्छ । सूचना बेग्लाबेग्लै हुन्छन् । सही सूचनाबिना मानिसले आफ्नो अधिकार प्रयोग गर्न सक्दैनन् । सूचना सार्वजनिक, व्यक्तिगत र पेसा व्यवसायसँग सम्बन्धित हुन्छन् । सूचनाको हक आम नागरिकसँग हुन्छ । सूचनाको हकलाई नागरिकले अनिवार्य उपयोग गरे देशलाई भ्रष्टाचारबाट जोगाउन सकिन्छ । सरकारका हरेक निकाय पारदर्शी र स्वच्छ हुनेछन् । देशमा अमनचयन कायम हुनेछ । फलस्वरूप देशको विकास हुनेछ ।
बढ्दो व्यापार घाटा र उपभोगमा परिवर्तन
‘बूढी लागी रमितामा स्यालले कुखुरो बोक्यो’ उखान चरितार्थ भएको छ नेपालको निर्यात वृद्धि र आयात नियन्त्रणमा । भन्नलाई अब निर्यात बढाउनुपर्छ भनिन्छ, वास्तवमा व्यापार सन्तुलनका लागि निर्यात बढाउनु नै निर्विकल्प उपाय हो, केही बढेको पनि छ । यो रमिताको पक्ष भयो तर आयात नियन्त्रणका लागि प्रतीतपत्रमा कडाइ, भन्सारदर वृद्धि र विलासिताका वस्तु प्रवेशमा नियन्त्रण जस्ता कुरा गरिन्छ तैपनि आयातको मात्रा निरन्तर उकालो लागिरहेको छ ।
निर्वाचनले दिएको सकारात्मक सन्देश
बेलाबखत निर्वाचन आयोगका निर्णय राजनीतिक वृत्तमा विवादित नहुने होइनन् तर पनि निर्वाचन आयोगका पछिल्ला निर्णय, पहल र गतिविधिले भने सकारात्मक सन्देश दिएका छन् । निर्वाचन आयोग गतिशील र प्रभावकारी हुने–नहुने भन्ने कुरा कसले त्यसको नेतृत्व गरेको छ, उसको क्षमता, विज्ञता तथा निर्णय क्षमता कुन हैसियतको छ भन्ने कुराले पनि कहिलेकाहीँ निर्धारण गर्दो रहेछ । प
लोकतन्त्र रक्षामा नागरिक भूमिका
संसदीय लोकतन्त्र विश्वमै सर्वोत्कृष्ट व्यवस्था मानिएको छ । अन्य व्यवस्थाको तुलनामा यो व्यवस्था राम्रो मानिएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्ने भएकाले यसमा जनभावना प्रतिविम्बित हुन्छ । जनता सार्वभौम हुन्छ । उसमा रहेको अन्र्तनिहित शक्तिको प्रयोग चुनिएका जनप्रतिनिधिले गर्छन् ।