पृथ्वीमा अन्तरिक्षको बिजुली
कुनै दिन पृथ्वीमा हामीले अन्तरिक्षमा उत्पादन गरेको बिजुली प्रयोग गर्न पाउने छौँ। यसको सैद्धान्तिक पक्ष स्पष्ट छ र अन्तरिक्षमा बिजुली उत्पादन गर्न सकिन्छ, त्यो पनि तुलनात्मक रूपमा यहाँको भन्दा धेरै। मुख्य समस्या भनेको पृथ्वीसम्म बिजुली ल्याउनुमा छ।
रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा
नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ । रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो ।
खुले ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल
चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ ।
विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने
नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभुुत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ । नेपाल टेलिकमको ग्रामीण दुर सञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो ।
जुम्ल्याहा दाजुभाइले बनाए ‘टी-स्क्यान मेसिन’
गुल्मी जिल्लाको मालिका गाउँपालिका-७ घर भएर बुटलमा बस्दै आउनुभएका १८ वर्षीय जुम्ल्याहा दाजुभाइ लव–कुस पन्थीले नयाँ–नयाँ प्राविधिक मेसिन बनाउनु भएको छ। विगतमा उहाँहरु रोबोट बनाएर चर्चामा आउनुभएको थियो। उहाँहरुले नेपालकै पहिलो नेपाली भाषा बोल्ने रोबोट बनाउनुभएको थियो।
मुस्ताङमा थ्रीजी सेवा विस्तार
मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ताङ्वे र थासाङ गाउँपालिकाको छाक्ताङमा नेपाल टेलीकमको थ्रीजी मोबाइल नेटवर्क विस्तार भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –३ ताङ्वे र थासाङ गाउँपालिका –२ को छाक्ताङमा नेपाल टेलिकमको मिनिटावर स्थापना गरेर ताङ्वेमा थ्रीजी सेवा विस्तार गरिएको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले बताउनुभयो । थासाङ गाउँपालिकाको छाक्ताङमा साउन पहिलो हप्ताबाट सेवा विस्तार हुने श्रेष्ठको भनाइ छ ।
सूचना विभागका सम्पूर्ण सेवा अब अनलाइनबाटै
सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ ।
विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन सरकारलाई आयोगको आग्रह
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भए साउन मसान्तसम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
सञ्चारमन्त्री कार्कीद्वारा रेडियो नेपालको ओटीटी एप्स सार्वजनिक
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपालको डिजिटल प्लेटफर्म ओटीटी एप्स सार्वजनिक गर्नुभएको छ ।