पहिलो वर्षमै डेढ अर्ब रेमिटेन्स भित्र्याए
नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” ले एक वर्ष पुरा गरेको छ । रेमिटले पहिलो वर्षमै एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्र्याएको छ ।
मत माग्दै यान्त्रिक रोबोट
तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न रोबोटको प्रयोग गरिएको छ । नौलो तरिका अपनाएर मतदातालाई आर्कषित गर्न सदरमुकाम दमौलीमा ‘एरिका’ नाम दिइएको रोबोटले भोट मागिरहेको छ ।
कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार
कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
शनिबार प्रविधि मेला हुने
शनिबार राजधानीमा प्रविधि सम्बन्धी मेला आयोजना हुने भएको छ । मेलामा विद्यार्थीहरुले तयार पारेका विभिन्न किसिमका रोबोटिक्सदेखि भीआर अनुभव, पब्जी तथा फिफा खेलको अनुभव, थ्रीडी प्रिन्टिङ लगायत प्रदर्शनी रहनेछ । एड्भान्स रोबोटिक्स क्लबले आयोजना गरेको प्रदर्शनीकै क्रममा छुट्टै प्रतिस्पर्धा पनि सञ्चालन हुनेछ । जहाँ उत्कृष्ट छनोट हुने चार टोलीले मुम्बई आइआइटीको टेकफेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त फेस्टमा विभिन्न १८ ओटा देशहरुको सहभागिता रहने आयोजक एड्भान्स रोबोटिक्स क्लबका संयोजक संयम अर्यालले जानकारी दिनुभयो ।
विज्ञान प्रविधि क्षेत्रमा नेपालको अवस्था सुधार्न आवश्यक
विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालको अवस्था सुधार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तर्राष्ट्रिय विज्ञान दिवसको अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘विज्ञान कूटनीति’ विषयक छलफल कार्यक्रममा विज्ञले सो कुरा बताउनुभएको हो ।
विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह
मोरङ लेटाङ्गका विद्यार्थीहरूले टेलिस्कोपको माध्यमबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो ।
काठमाडौंमा विज्ञान प्रदर्शनी (फोटो फिचर)
काठमाडौं, कात्तिक २० गते । काठमाडौंमा दुई दिनसम्म विज्ञान प्रदर्शन भएको छ । बानेश्वरस्थित बानेश्वर बैंकेटमा दुई दिनसम्म चलेको स्टार्टअप एण्ड स्टिम आइडिया फिस्ट सम्पन्न भएको हो । प्रदर्शनीमा विद्यार्थीहरू द्वारा निर्मित विभिन्न उपकरण तथा प्रविधिको अवलोकन गर्न मिल्ने गरी राखिएको थियो । तस्बिर M सागर बस्नेत
विकिपिडिया एक स्वतन्त्र विश्वकोश
भाइबहिनीहरू ! तपाईंहरूलाई विकिपिडियाका बारेमा जानकारी छ ? अहिले इन्टरनेटमा व्यस्त रहने भाइबाहिनीले विकिपिडियाका बारेमा केही कुरा त सुन्नुपर्ने हो तर कतिपयलाई यसका बारेमा थाह नहुन पनि सक्छ । त्यसैले यसका बारेमा हामी केही चर्चा गरौँ, है त । ‘विकिपिडिया’ दुई शब्द मिलेर बनेको छ, ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ को अर्थ छिटो भन्ने हुन्छ र ‘पिडिया’ इन्साइक्लो पिडियाको सङ्क्षिप्त
यसरी बुझौँ ‘फाइभजी’
पछिल्लो समय नेपालसहित विश्वका धेरै देशमा फाइभजीको चर्चा हुने गरेको छ । कतै फाइभजी परीक्षण सुरु भएको, कतै फाइभजीको प्रयोग नै सुरु भएका खबरहरू प्रविधिका पछिल्ला समाचार बनिरहेका छन् । नेपालमा पनि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाइसकेको छ । त्यसैअनुसार टेलिकमले देशका विभिन्न चार सहरमा फाइभजी परीक्षणको तयारी पनि गरिरहेको छ । विश्वका धेरै देशले एकदमै जोड दिइरहेको फाइभजी के हो त ?