दुर्घटना घटाउन कृत्रिम आँखासहितको कार
जापानमा कारहरूमा पूर्णरूपमा नयाँ प्रयोग भइरहेको छ ।
खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न पाइने
कार्तिक कृष्ण औँसीका दिन मंगलबार लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ।
अनिवार्य लाइसेन्स व्यवस्थाले दक्ष इन्जिनियर उत्पादन हुने
इन्जिनियरको सरकारी मान्यता प्राप्त गर्नका लागि अनिवार्य लाइसेन्सको व्यवस्थापछि दक्ष इन्जिनियर उत्पादन हुने नेपाल इन्जिनियरिङ् परिषदले जनाएको छ ।
मंगलबार लाग्ने सूर्यग्रहण नेपालको सबै भूभागबाट देख्न सकिने
आउने मंगलबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाई कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन ।
१६ वर्षीय कैनीले बनाउनुभयो, विद्युतीय मोटरसाइकल
कैलालीको धनगढी उपमहानगरपालिका–५ जाइँका १६ वर्षीय सोहन कैनीले विद्युतीय मोटरसाइकल निर्माण गर्नुभएको छ ।
मरिन डाइभर्सन आयोजनाको टनेलको काम दुई वर्षमा सकिने
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको शुक्रबारबाट टनेल खन्ने काम सुरु भएको छ । टीबीएम मेसिनले टनेल खन्ने काम सुरु गरेको सुनकोशी मरिन आयोजनाका प्रमुख मित्र बरालले बताउनुभयो ।
रक्सौल–काठमाडौं रेलमार्ग डीपीआर ६ महिनामा तयार हुने
रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन अध्ययन (डीपीआर) निर्माण ६ महिनाभित्र सक्नेगरी काम भइरहेको छ । रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार यस परियोजनाको डीपीआर अबको ६ महिनाभित्र सकिनेछ ।
ब्रोडब्याण्ड इन्टरनेट जडान द्रुत गतिमा
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ प्याकेजमार्फत ७४ जिल्लाको तोकिएका स्थानमा जडान कार्य सम्पन्न गरिसकेको छ । ती स्थानमा जडानकार्य सम्पन्न भई सेवा सञ्चालनमा आएको छ ।
युट्युबमा के हेर्ने ? ‘युट्युब किड!’
भाइबहिनीले युट्युबमा भिडियो त पक्कै हेर्नुभएकै होला । हेर्नुभएको छैन भने केही न केही जानकारी त होला । युट्युब एउटा भिडियो स्ट्रिमिङ प्लेटफर्म हो अर्थात् युट्युबले हामीले निर्माण गरेका भिडियोलाई संसारभर पु¥याउन सहयोग गर्ने एउटा माध्यम हो । युट्युबले हाम्रो भिडियो अरू माझ पु¥याइदिएर सहयोग पु¥याए पनि आफँै भने भिडियो बनाउँदैन । दुनियाँका अनेक विषयसँग सम्बन्धित भिडियो संसारको एउटा कुनाबाट अर्को कुनाका व्यक्तिसम्म सहजै पु¥याउन युट्युब अहिलेसम्मकै सबैभन्दा सजिलो माध्यम बनेको छ । युट्युब गुगलको सहायक कम्पनी हो ।