रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
‘अब राजसंस्था फर्कदैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा आफ्नो पार्टी उदय हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापित हुने दाबी गर्नुभयो ।
शिक्षकलाई सडक सुरक्षा तालिम
बर्दिबास–सिन्धुली–धुलिखेल सडकमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
गोरखापत्रकर्मी सम्मानित
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएबापत गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा हरेक वर्ष पत्रकार र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले आइतबार हेटौँडामा गोरखापत्रकर्मी दाहालसहित सात जनालाई सम्मान गरेको हो ।
वैदेशिक रोजगारबारे सचेतना
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउने उद्देश्यले बागलुङका जनप्रतिनिधिलाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार बागलुङमा नवनिर्वाचित जनप्रतिनिधिसँग वैदेशिक रोजगार व्यवस्थापनका विविध पक्षबारे अन्तक्र्रिया तथा छलफल गरेर जनप्रतिनिधिलाई सचेतना गराएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले जानकारी दिनुभयो ।
विश्व वातावरण दिवसमा निबन्ध प्रतियोगिता
विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कर्णाली माविका छात्र धिराज शाही प्रथम हुनु भएको छ । १६ जना प्रतिष्पर्धीलाई उछिन्दै शाही प्रथम हुन सफल हुनु भएको हो ।
लोकप्रियताका लागि महत्वाकाङ्क्षी निर्णय
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले लोकप्रियताका लागि प्रचारमुखी र महत्त्वाकाङ्क्षी निर्णय सार्वजनिक गर्न थालेका छन् । सातवटा पालिकामा हरेकजसोले यस्तो निर्णयमा प्रतिबद्धता व्यक्त गर्न थालेको पाइएको छ ।
कैलालीका जनप्रतिनिधिका प्राथमिकता : शिक्षा र स्वास्थ्य
कैलालीमा निर्वाचित नयाँ जनप्रतिनिधिका प्राथमिकतामा शिक्षा र स्वास्थ्य परेका छन् । भौतिक पूर्वाधार निर्माण साथसाथै उनीहरुले सामाजिक क्षेत्रको विकासमा प्राथमिकता दिएका हुन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीे शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुहुन्छ । “यहाँका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि टीकापुर या लम्की जानुपर्ने बाध्यता छ । यही किन वातावरण भएन भन्ने प्रश्न उठेको छ”, उहाँ भन्नुहुन्छ, “अब मैले कम्तीमा यही पढ्ने वातावरण बनाउन के गर्ने भन्नेबारे छलफल गर्दैछु ।”
पाइलैपिच्छे धराप
घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाड