कोशीका जनप्रतिनिधिलाई सम्मान
सुनसरीको कोशी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह कोशीले संयुक्त रुपमा सो सम्मान गरेको हो ।
चितुवाको आक्रमणबाट महिला घाईते, चितुवा नियन्त्रणमा
कैलालीमा घाईते चितुवाको आक्रमणबाट एक महिला घाईते हुनुभएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ स्थित लठुवा सामुदायिक वनमा सोमबार विहान घाँस काट्न गएका स्थानीय विस्नादेवी बोहरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा एमाले निर्विरोध
जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवारहरु निर्विरोध चयन हुनुभएको छ । सोमबार भएको मनोनयन दर्ताको समयअवधिसम्म एमालेबाट प्रमुख मुक्ति क्षेत्र गाउँपालिका १ झारकोटकी माया गुरुङ र उपप्रमुखमा घरपझोङ गाउँपालिका ३ स्याङका आइतेलाल थकालीको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संसदीय समितिद्वारा फुङफुङ्गे झरना अवलोकन
प्रदेश १ को उद्योग, पर्यटन तथा वातावरण समितिले ताप्लेजुङस्थित फुङफुङ्गे झरनाको अवलोकन गरेको छ । प्रदेशसभा सदस्य तथा समिति सभापति सीता थेबे नेतृत्वको टोलीले झरना भ्रमण र अवलोकन गरेको हो ।
राजनीति होइन, महानगरको विकास हेर्छु : प्रमुख दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
रुकुम–पश्चिमका कार्यपालिकाले पाए पूर्णता
रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । पछिल्लो पटक मुसीकोट नगर कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिका पूर्णता पाएका हुन् ।
‘अब राजसंस्था फर्कदैन’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा आफ्नो पार्टी उदय हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापित हुने दाबी गर्नुभयो ।
शिक्षकलाई सडक सुरक्षा तालिम
बर्दिबास–सिन्धुली–धुलिखेल सडकमा पर्ने सामुदायिक विद्यालयका शिक्षकहरूलाई आइतबार सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
गोरखापत्रकर्मी सम्मानित
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याएबापत गोरखापत्र दैनिकका मकवानपुर समाचारदाता राममणि दाहाललाई सम्मान गरेको छ । चलचित्र पत्रकारिता दिवसका अवसरमा हरेक वर्ष पत्रकार र चलचित्रकर्मीलाई सम्मान गर्दै आएको चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाले आइतबार हेटौँडामा गोरखापत्रकर्मी दाहालसहित सात जनालाई सम्मान गरेको हो ।