सात वटा क्यासिनोलाई सात दिनभित्र कर बुझाउन महानगरको पत्र
सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।
फेन्सिङ खेलाडी छनोट
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशबाट २४ फेन्सिङ खेलाडी छनोट भएका छन् ।काठमाडौं फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलामा १२ गरी २४ जना खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
विवादित बनेको भृकुटीमण्डप बजारमा दशैँको रौनकले छोएन
नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ ।
काभ्रेको यःसि (इन्द्रध्वज) काठमाडौं भित्र्याइयो
काभ्रेको नाला बाट ल्याइएको यःसि (इन्द्रध्वज) आज (आइतबार) बिहान ७ः२४ बजे नगर भित्र्याइएकाे छ । भदौ १३ गते सोमबार बिहान ९ः१७ बजे को साइतमा वनयात्रा गरी बेलुकी ८ः०९ बजेको साइतमा यःसिः (इन्द्रध्वजा)का लागि वृक्ष कटन गरिएको थियो ।
थापाको सिफारिस सर्वसम्मत एमालेमा आठ जनाको दाबी
आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एक महिलासहित पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम शनिबार बसेको क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको हो । १ नं. क्षेत्रीय कमिटीले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्यद्वय रामेश्वर राना र कृष्णप्रसाद दाहालसहित पाँच जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा तीन जनाको नाम सिफारिस भएको छ ।
स्मार्ट स्ट्रिट लाइट जडान सुरु
एक करोडभन्दा बढीको लगानीमा दोलखाको भीमेश्वर नगरपालिकाको बजार क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न सुरु भएको छ । नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्न सुरु गरिएको नगरप्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्ने ठेक्का सम्झौता भएअनुसार काम सुरु भएको हो । सामान आइसकेको छ । कोरोनाका कारण दुई वर्ष ढिला भए पनि जडान सुरु भएको छ ।
एकीकृत बस्तीका लागि पूर्वाधार निर्माण
सिन्धुलीको तीनपाटन गाउँपालिका–१, बेल्घारीमा एकीकृत जग्गा विकासका लागि पूर्वाधार निर्माणसँगै स्थानीय उत्साहित भएका छन् । एकीकृत बस्ती विकासका लागि सहरी विकास तथा भवन कार्यालय, सिन्धुलीले डीपीआर तयार गरी अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ । करिब दुई सय बिघा नम्बरी जग्गालाई एकीकृत गरी बस्ती विकास सुरु गरिएको भवन कार्यालयले जनाएको छ ।
सडक निर्माणमा ढिलाइ
दोलखाको शैलुङ गाउँपालिका कार्यालय पुग्ने सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङ्गेसम्म पुग्ने सडक निर्माण कम्पनीले अलपत्र पार्दा मुडे हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावतमा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । सडकको दुरवस्थाका कारण कार्यालय आउजाउ गर्न समस्या भएको जनसचेतना सहकारीमा कार्यरत सन्तोष भुजेलले बताउनुभयो । कतिपय स्थानमा हिलोले मोटरसाइकल धकेलेर यात्रा गर्नुपर्ने अवस्था छ कार्यालय पुग्दा आफूले लगाएको कपडा र जुत्ता हिलोले हेरिनसक्नु हुने गरेको उहाँले गुनासो गर्नुभयो । सडक जीर्ण भएकाले शैलुङ क्षेत्रमा उत्पादित तरकारी बजार पु-याउनै समस्या भएको र ढुवानी लागत बढेकाले तरकारीको उचित मूल्य पाउन नसकेको किसानको भनाइ छ ।
नमुना सहर बन्न सक्छ भरतपुर
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर एकीकृत विकासको नमुना सहर बन्न सक्ने बताउनुभएको छ । शनिबार चितवनको भरतपुर महानगरपालिका केन्द्रित कार्यक्रममा बोल्दै प्रचण्डले भरतपुरले गरेको विकास देशका अन्य सहरको लागि नमुना बन्नसक्ने बताउनुभएको हो । उहाँले नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुरमा आयोजना गरेको मुख्य सहरी क्षेत्रको विद्युत्को वितरण प्रणाली भूमिगत गर्ने आयोजनाको गैँची चलाएर शिलान्यास गर्नुभयो । यस्तै उहाँले भरतपुर–२७, मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नतिका लागि ड्रोन उडाएर टोपोग्राफी सर्भेको सुरुवात गर्नुभएको थियो । भूमिगत विद्युतीकरण परियोजनाले विद्युत् प्रणालीको गुणस्तर वृद्धि गर्नुका साथै प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभएर सहरको सौन्दर्यीकरणका लागि महत्वपूर्ण हुने उहाँले बताउनभयो ।
३९ लाख नगदसहित नागढुङ्गाबाट एकजना पक्राउ
नागढुङ्गास्थित चेक प्वाइन्टमा श्रोत नखुलेको ३९ लाख ५० हजार पाँच सय रुपियाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
समान धारणा निर्माण गर्न काठमाडाैँ महानगरमा अभिमुखीकरण कार्यक्रम
प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । दुई दिने ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’मा नगरप्रमुख बालेन्द्र साह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो ।
सञ्चालन अयोग्य टेकु र तीनकुने पुल भत्काइने
तीनकुनेमा निर्माणाधीन रहेको पुलको लागि नयाँ ठेक्का स्वीकृत भएसँगै निर्माणको तयारी थालिएको छ । गत साउन १० गते यो पुलको जिम्मा 'वाई पि किराँतेश्वर जेभी'ले पाएको छ ।
भरतपुरको विद्युत वितरण भूमिगत गर्ने कार्य शुरु
चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैंची चलाएर शिलान्यास गर्नुभयो ।
नेकपा एस पार्टी कहिल्यै कमजोर हुदैनः मन्त्री चौधरी
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको नेकपा(समाजवादी) पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।
दिव्यनगरः जहाँ छ प्राचीन कालिका देवीको मन्दिर
चितवन जिल्लाको ज्योतिनगर वडा नं २६ अर्थात यसलाई दिव्यनगर पनि भनिन्छ। यही स्थलमा रहेको छ प्राचीन कालिका देवीको मन्दिर। भनिन्छ, पौराणिककालमा पाण्डवहरुले यहाँ मन्दिर बनाउन लगाएका थिए। यस स्थलमा ४ वटा माटोको ढिस्का अर्थात स्तुपा जस्तो थियो।
विद्यालय आउन अझै डराउँछन् बालबालिका
बाढीपहिरोले अति जोखिमयुक्त जिल्लामध्येको जिल्ला हो सिन्धुपाल्चोक । गत वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा धनजनको अकल्पनीय क्षति पुगेको छ । कयौँ अझै बेपत्ता छन् ।
प्रदेश लोकसेवा आयोगलाई सरकारकै असहयोग
प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले बागमती प्रदेश सरकारकै कारण प्रभावकारी रूपमा कार्यसम्पादन गर्न नपाएको देखिएको छ ।
स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेकाले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको बताउनुभएको छ ।
पहिरोले सडक बन्द
निरन्तर परेको वर्षाका कारण जुरे पहिरोले अरनिको राजमार्गको जुरे खण्ड दिनहुँ अवरुद्ध हुन थालेको छ । उक्त सडक दिनहुँ अवरुद्ध हुदैं आएको बलेफी गाउँपालिका–८ वडा अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । अवरुद्ध जुरे खण्ड डोजरको माध्यमले पहिरो पन्छाएर खुलाउदैं आएको उहाँले बताउनु भयो ।
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि
नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।
दलहरू चुनावी गतिविधि बढाउँदै
आगामी मङ्सिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति तय भएसँगै राजनीतिक दलहरूले बागमती प्रदेशमा आफ्ना गतिविधि बढाउन थालेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलसहित निर्वाचन आयोगमा दर्ता भएका दलहरूले पार्टी भेलालगायतका आन्तरिक गतिविधिलाई तीव्र पारेका छन् । ठूला दलले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस प्रक्रियासमेत सुरु गरेका छन् ।
नदीबाट अन्डा ल्याएर गोही जोगाउँदै
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रमा रहेका भालेमा प्रजनन क्षमता नहुँदा दुई वर्षदेखि बाहिरबाट अन्डा ल्याएर पोथीलाई कोरल्न दिन थालिएको छ । प्रजनन केन्द्रमा रहेको भाले गोही एउटा वृद्ध भएको र अर्को अशक्त भएका कारण प्रजनन क्षमतामा ह्रास आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । यहाँको प्रजनन केन्द्रमा दुईवटा भाले गोही छन्, एउटा यहीँको वृद्ध छ, अर्को बाहिरबाट ल्याएर राखेको भाले पनि अशक्त हुँदा प्रजनन क्षमता छैन । “दुई वर्षदेखि यहाँको भालेबाट एउटा पनि बच्चा हुनसकेको छैन,” उहाँले भन्नुभयो, “राप्ती र नारायणी नदीबाट गोहीका अन्डा ल्याएर कोरल्न दिने गरेका छौँ ।”
पासाङल्हामु सडकको रसुवा खण्ड अझै अवरुद्ध
त्रिशूली, १६ भदौ (रासस) : पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ। सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ। उक्त सडकखण्डमा ससाना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ। भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ। उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ। सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ। यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ।
फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार कर
काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।