मनसुन देशका सबै भूभागमा पुग्न केही दिन लाग्ने
गत जेठ ३१ गते नेपाल भित्रिएको मनसुन अझै देशको पश्चिमी भूभागमा पुग्न सकेको छैन । सामान्यतया नेपालमा मनसुन प्रवेश गरेको चारदेखि पाँच दिनमा देशको पश्चिमसम्म पुग्ने भएपनि अहिले भने पुग्न सकेको छैन ।
मङ्कीपक्सको उपचारका लागि १४ अस्पतालमा ताेकियाे फोकल पर्सन
सरकारले मङ्कीपक्स रोगको उपचारका लागि १४ अस्पतालमा फोकल पर्सन तोकेको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
शनिबार राति परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ ।
‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ पुस्तक सार्वजनिक
पूर्वी चितवनको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणसँगै विकासको अभियान सञ्चालन गर्ने व्यक्तित्वहरूको योगदानलाई समेटिएको ‘पूर्वी चितवनको राजनीति र विकासका अग्रणीहरू’ नामक पुस्तकको विमोचन गरिएको छ ।
आर्थिक परिवर्तनका लागि सुशासन पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
सडक विस्तारमा खानेपानीको पाइप र ढल व्यवस्थापन चुनौती
अरनिको राजमार्ग विस्तार गर्ने क्रममा बनेपा र धुलिखेल नगरपालिका क्षेत्रमा खानेपानीको पाइप र ढल व्यवस्थापनले सडक विस्तारको काममा चुनौती बनेको छ। काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाले बिछ्याएको पाइप र ढलमा क्षति पुग्ने भएपछि सडक विस्तारको काममा चुनौती थपिएको हो।
कोरोना महामारी सकियो तर खर्चको विवरण आएन
बजेट खर्चको विवरण आर्थिक वर्ष सकिनुअघि नै पठाउनुपर्ने अनिवार्य व्यवस्था छ तर केही निकायले यो कानुनी व्यवस्था पालनामा आनाकानी गरेका छन्। यस्तो आनाकानी कोरोना महामारी नियन्त्रण गर्न दिइएको रकमको खर्च विवरण पठाउनमा भएको हो।
यस्ता हुन्छन् मङ्कीपक्सका लक्षण, रोकथामका लागि के गर्ने ?
नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो ।
सरकार नयाँ ढङ्गले काम सुरु गरेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नयाँ ढङ्गले काम सुरु गरेको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट
हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ ।
मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको पूर्ण सहयोग रहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।
सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।
सहरी विकासमन्त्री गुरुङद्वारा गुह्येश्वरीस्थित ‘फोहोर पानी प्रशोधन प्लान्ट’को अनुगमन
सहरी विकासमन्त्री सिता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गर्नु भएको छ । शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुग्नु भएको मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गर्नुभएको हो
जोखिममा रहेका परिवारलाई एकीकृत आवास हस्तान्तरण
त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ ।
मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
समावेशी राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता दर्ता
नेपाल प्राज्ञ–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् ।
नयाँ बसपार्क भित्र थपियो ५६ काउण्टर
काठमाडौं भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ ।
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएको छ ।
भाषा संरक्षणमा जुटे तामाङ समुदाय
चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन् । पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका हुन् ।
स्वास्थ्य शिविरबाट चार सय महिला लाभान्वित
दोलखाको तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी महिला लाभान्वित भएका छन्। गाउँपालिकाले आयोजना गरेको यो शिविरमा महिलाको आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी समस्यालगायतको स्वास्थ्य जाँच गरिएको गाउँपालिकाले जनाएको छ।
सेवा प्रवाह र प्रदेशको सबलीकरण प्राथमिकतामा
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आर्थिक वर्षको तुलनामा सङ्कुचन भएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ।
तथ्यपरक ढङ्गले इतिहास लेखन गर्न थारु अगुवाहरुको सुझाव
थारु समुदायको इतिहास बंग्याउने र विवादमा ल्याउने काम पटक पटक भइरहेको भन्दै थारु समुदायका अगुवाले इतिहास लेखनमा खेलवाड नगरी तथ्यपरक ढङ्गले लेखनको काम गर्न सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।