थाँक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’
काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाँक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अर्ग्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : भएन दीर्घकालीन रोजगारी सिर्जना
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले पद मार्ग निर्माण, नाली निर्माण, सरसफाइलगायतका काममा लगानी गरेका छन् तर स्थानीय तहले दिगो र प्रभावकारी रूपमा रोजगारी सिर्जना गर्ने क्षेत्रमा भने लगानी गरेको पाइँदैन। बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउने सोचका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो। यो प्रधानमन्त्री रोजगार सञ्चालन निर्देशिका, २०७५ बमोजिम सञ्चालन हुँदै आएको छ।
महिला ट्रेकिङ गाइडको क्षमता वृद्धि तालिम सम्पन्न
महिला ट्रेकिङ गाइड तथा आरोहीहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
बढ्दै सार्वजनिक विद्युतीय सवारीसाधन
पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन बढ्दै गएका छन्। इन्धन खर्च कम लाग्ने भएपछि वातावरणमैत्री विद्युतीय सवारीसाधनमा व्यवसायीको आकर्षण बढेको हो। बिपी राजमार्गमा विद्युतीय सवारीसाधन एक वर्षअघिसम्म ३२ वटा सञ्चालन हुँदै आएकामा अहिले एक सयभन्दा बढी रहेको सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको चाहना यातायात प्रालिका अध्यक्ष टङ्क कार्कीले जानकारी दिनुभयो।
काठमाडौँ महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।
नियमित उडान गर्न आलटाल
वायु सेवा कम्पनीले जुन महिनादेखि रामेछाप–काठमाडौँ नियमित उडान गर्ने प्रतिबद्धता जनाए पनि अझै नियमित उडान हुन सकेको छैन। नियमित उडान तालिका अनुमोदन र भाडा निर्धारण भइसक्दासमेत वायु सेवा कम्पनीले अझै नियमित उडान गर्न आलटाल गरिरहेका छन्।
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच छलफल भएको छ ।
क्याम्पसलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीले क्याम्पसलाई रचनात्मक ढङ्गले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वक्ताहरूले यस्तो विचार व्यक्त गरेका हुन् ।
सार्वजनिक यातायता नचल्दा आवतजावतमा समस्या
दुई यातायात संस्थाबीचको विवादले दोलखामा यात्रुवाहक साधन सञ्चालनमा अवरोध भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन
राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएकालाई निःशुल्क
ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ । महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सिन्धुलीमा लम्पी स्किनबाट तीन सय बढी पशु मरे
सिन्धुलीमा डेढ महिनाको अवधिमा लम्पी स्किन रोगबाट तीन सय ९० वटा पशु चौपायाको मृत्यु भएको छ ।
योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुसरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभएको छ ।
ठेक्काको आठ वर्षपछि कालोपत्रको तयारी
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको आठ वर्षपछि कालोपत्र गर्न तयारी सुरु गरिएको छ । ठेक्का भएको आठ वर्षपछि वर्षायाममा कालोपत्र गर्न सुरु गरेपछि सडक कति गुणस्तरीय होला भन्नेमा स्थानीय चिन्तित छन् ।
दिसाजन्य फोहोर खोलामा फ्याँक्ने कन्टेनरलाई एक लाख जरिवाना
उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्याङ्की सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले एक लाख जरिवाना गरेको छ ।
भारतसँग समानताका आधारमा पुस्तक आदानप्रदान गर्न जोड
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक विमोचन गर्नुभयो ।
खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भू-भागमा ठुलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको बताउनुभएको छ।
चेपाङ बस्तीमा कुपोषणको समस्या जटिल
पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा कुपोषणको समस्या जटिल बन्दै गएको छ। तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आए पनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन। राक्सिराङ गाउँपालिकामा सङ्घीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधार अन्तर्गत कुपोषण न्यूनीकरणका लागि बालबालिकाको पोषण अवस्था लेखाजोखा तथा सुधार कार्यक्रम सञ्चालन गर्दै आएको छ तर चेपाङ समुदायको बालबालिकामा कुपोषणको समस्यमा सुधार आउन सकेको छैन।
रसुवा सुक्खा बन्दरगाह : पैंतालीस प्रतिशत निर्माण सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को ४५ प्रतिशत काम पूरा भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।
ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।
जात्रा र धार्मिक समितिलाई ललितपुर महानगरको आर्थिक सहयोग
ललितपुर महानगरपालिकाले जात्रा र धार्मिक समितिलाई आर्थिक सहयोग गरेको छ । महानगरले मानमानेश्वरी पायो जात्रा र नवदुर्गा भवानीदेवी जात्रा सञ्चालनका लागि २५–२५ लाखको अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको हो ।
अस्थायी क्रसिङ बाटो : खोलाको अवस्था हेरेर काम अघि बढ्ने
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २ गते शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – १ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभयो ।
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।
अवैध कपडासहित दुई भारतीय नागरिक पक्राउ
राममणि दाहालहेटौँडा, असार ३ गते । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नं. को भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सार्वजनिक गरेको हो । ट्रक जाँच गर्ने क्रममा प्याजको बोराले छोपेर ल्याएको ९० बोरा कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । कपडासँगै पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधीरकुमार सहनी छन् । प्रहरीका अनुसार बरामद भएको पाइन्ट, सुट, सर्ट, कुर्था र कोरा कपडाको मूल्य एक करोड ५५ लाख ६९७ रुपियाँ छ । प्रहरीलेले कपडासँगै ट्रक र ८४ क्विण्टल प्याजसमेत बरामद गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएको छ ।