पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ ।
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : मन्त्री साउद
नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ ।
दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण
बीउबिजन प्रयोगशाला हेटौँडाले दुई सय मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशका जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणीकरण गरिएको हो ।
एसिसी प्रिमियर कप क्रिकेट : नेपालले बहराइनलाई हरायो
मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।
चालु आर्थिक वर्षभित्र १० जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि १० वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ ।
स्कुटल पल्टिँदा महिलाको मृत्यु
मुग्लिङ–नारायणगढ सडक खण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनु भएको जानकारी अनुसार आइतबार बिहान करिब ७ः४५ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा बा.प्र ०२०४६प १६९२ नम्बरको स्कुटल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ ।
गठबन्धन भत्काउने षडयन्त्र विफल : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समाजवादको आधार तयार गर्दैगर्दा केहीलाई छटपटाहट भएर वर्तमान सरकार गठबन्धन भत्काउन लागेका आरोप लगाउनुभएको छ ।
मनिप्लान्टको नयाँ अध्यक्षमा इन्दमणि पोखरेल
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को सम्पन्न १४ औँ साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ ।
स्कुटर दुर्घटनामा चालकको मृत्यु
नारायणगढ–मुग्लिङ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।
विश्व बैङ्क र आईएमएफको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डल स्वदेश फिर्ता
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।
सकिएन धरहरा पुनर्निर्माणको काम
दसैँमा सर्वसाधारणका लागि खुल्ला गर्ने भने पनि निर्माण नसकिँदा रोकिएको छ । धरहरा पुनर्निर्माणको काम निर्धारित समयमा नसकिएपछि छैँठौ पल्ट म्याद थपको लागि कम्पनीले प्रस्ताव गरेको छ ।
जसपाद्वारा जिल्ला समिति पुनर्गठन
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।
प्रधानमन्त्री प्रचण्डबाट चितवनको तीन वटा खानेपानी आयोजनाको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आइतबार बिहान उहाँले शारदा नगर, जखेडी माई र दिब्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नु भएको हो ।
कालिन्चोकमा बनाइएको घर टहराको स्वामित्वमा लिखित जवाफ माग
दोलखाको कालिञ्चोक गाउँपालिकाले धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग गरिरहेको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकालाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।
शैक्षिक र मनोरञ्जनको केन्द्र बन्दै
वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत मकवानपुरमा रहेको वनस्पति अनुसन्धान केन्द्र वनस्पतिको अध्ययन गर्ने केन्द्र बन्दै गएको छ । यो केन्द्रमा वनस्पतिका प्रजाति, महìव, विकासलगायत स्थलगत ज्ञान लिन आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।
काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनः बढ्यो
काभ्रेपलान्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
स्वदेश फर्किन तीन सयको निवेदन
इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छ ।
सुरुङ मार्ग निर्माण पुनः सुरु
स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।
काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन
त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्नुभएको छ । उहाँले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गर्नुभयो । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गर्नुभयो ।
९५ हजारले लिए दसैंका लागि अग्रिम टिकट
अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो।
खड्कालाई कोटेश्वर डोजाङको सम्मान
कोटेश्वर डोजाङले शनिबार नेपाली तेक्वान्दोमा योगदान पुराएको कदर स्वरुप अशोक खड्कालाई सम्मान गरेको छ ।
ओलम्पियन विजेता लामा सम्मानित
काठमाडौंको तारकेश्वर नगरपालिका वडा ४ मा रहेको गुह्येश्वरी तेक्वान्दो डोजाङ, सृजना ज्ञान सागर मावि, सिर्जना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा ओलम्पियन विजेता विधान लामालाई सम्मानित गरिएको छ ।