एनआरएनएको महाधिवेशनको आजदेखि, अध्यक्षमा चार प्रतिस्पर्धी
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।
तीन व्यक्तित्व सम्मानित
खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो ।
राजमार्गमा गस्तीदेखि घरेलु मदिरा नियन्त्रणसम्म
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले दसैँतिहारलगायतका चाडपर्व लक्षित गरेर ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्व सुरक्षित बनाउन प्रहरीले प्रहरी उपरीक्षकको कमान्डमा जिल्ला कमान्ड पोस्ट, प्रहरी नायब उपरीक्षकको कमान्डमा जिल्ला रिजर्भ फोर्स, प्रहरी निरीक्षकको कमान्डमा स्ट्राइकिङ, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा क्युआरटी तयार गरिएको प्रहरीले जनाएको छ ।
आजको मौसम : हल्का वर्षाको सम्भावना, धान नकाट्न किसानलाई आग्रह
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘जुनियर फरेस्टर’ लाई प्रदेशमा समायोजन गरिने
कर्मचारी समायोजनबाट नसमेटिएका वन सेवाका करिब चार सय जुनियर फरेस्टर कर्मचारीलाई सरकारले प्रदेशमा समायोजन गर्ने भएको छ । कर्मचारी समायोजन ऐनबाट नसमेटिएका वन सेवाका ३८४ जना कर्मचारीलाई सात वटै प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी दरबन्दी सिर्जना गरेर प्रदेशमै समायोजन गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
सासूलाई कलेजो दान
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई ३७ वर्षीया बुहारीले कलेजो दान गर्नुभएको थियो । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिनुभयो । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भाकुमार नागानाथम आउनुभएको छ ।
सत्यको खोज कृति लोकार्पण
साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी सत्यको खोज सार्वजनिक भएको छ । जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गर्नुभयो ।
राष्ट्रपतिसमक्ष निर्माण सामग्री विधेयक सच्चाउने वनमन्त्रीको प्रतिबद्वता
राष्ट्रपति रामचन्द्र पौडेलसँग वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमा रहेको निकासीसम्बन्धी व्यवस्था हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता प्रकट गर्नुभएको छ ।
दस लाखको नइ उपकार कोष स्थापना
नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ ।
पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिनुभएको छ । काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिक सुरक्षा आवश्यक रहेको औँल्याउनुभयो ।
दसैँका लागि खसी-बोका र च्याङ्ग्रा बिक्री सुरु, छैन उत्साह
दसैँका लागि काठमाडौंमा व्यापारीहरुले खसी-बोका, च्याङ्ग्रा र भेडा ल्याएर बिक्री गर्न सुरु गरेका छन् ।
‘पत्रकारको भौतिक र आर्थिक सुरक्षामा गम्भीर बनौं’
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दैगएकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
‘राज्यको मिडिया जरुरी छ’
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सहीरुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताउनुभएको छ ।
बडादसैँका अवसरमा दुग्धजन्य पदार्थमा सहुलियत
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ ।
पश्चिमी वायु प्रभावका कारण तीन प्रदेशमा बर्षा
पश्चिमी वायुको प्रभावका कारण नेपालमा पुनः पानी पर्न थालेको छ । हिजोबाट मनसुन बाहिरीए पनि पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मिसन ८४ पछि एमालेको एकल बहुमतको सरकार : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ पछि एकल बहुमतको सरकार बन्ने दावी गर्नुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना
नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो ।
अर्थतन्त्र सुधार्न सामूहिक प्रयास आवश्यक छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ ।
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा : पूर्वअर्थमन्त्री पौडेल
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ ।
इजरायलमा मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरु भएको छ : मन्त्री साउद
नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँच जना नेपालीको शवको प्रमाणिकरणको काम सुरु भएको र सकिने वित्तिकै नेपाल ल्याइने बताउनुभएको छ ।
किसानलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थालाई कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिनुभएको छ ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता
पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता भएको छ ।
नेप्से परिसूचकको ओरालो यात्रा जारी
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।