विद्युत सर्ट हुँदा पाँच लाख बराबरको क्षति
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४ आँगलमा विद्युत सर्ट भई आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।
बजेट कटौतीले सञ्चालनमा समस्या
शिक्षामा सरकारले निःशुल्क भने पनि प्राथमिक तहमा सार्वजनिक विद्यालयमा समेत निःशुल्क शिक्षा असम्भव भएको अवस्थामा मकवानपुरमा स्नातकोत्तर र विद्यावारिधि तहको शिक्षा निःशुल्क छ ।
कोषबाट दस अर्ब बयालिस करोड भुक्तानी
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत १० अर्ब ४२ करोड रुपियाँ भुक्तानी गरेको छ । योगदानमा आधारित सुरक्षा योजना लागु गरेको साढे पाँच वर्षको अवधिमा ६२ अर्ब ७४ करोड सङ्कलन गरेको कोषले विभिन्न चार वटा योजनाका लागि कोषमा सङ्कलित रकमको १५ प्रतिशत भुक्तानी गरेको हो ।
गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाही
भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी नेतृत्वको छानबिन समितिले सो दुर्घटनाबारे तयार पारेको प्रतिवेदन मङ्गलबार उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण वज्राचार्यलाई बुझाएको छ ।
‘दलले कर कट्टी गरेनन्’
महालेखा परीक्षकको कार्यालयका विज्ञ टोलीले १० दिनमै राजनीतिक दलहरूको आयव्ययको लेखा परीक्षणको जाँचबुझ गरी फर्केको छ । सो टोलीले साउन २१ गतेदेखि राजनीतिक दलको आर्थिक वर्ष २०७९/८० को आयव्ययको लेखा परीक्षणको जाँचबुझ सुरु गरेको थियो । आयोगका प्रवक्ता रघुराम विष्टले महालेखा परीक्षकको कार्यालयको टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्तलाई भेटेर कार्यसम्पन्न भएको जानकारी गराएको बताउनुभयो । प्रवक्ता विष्टले भन्नुभयो, “आयोगले अब महालेखा परीक्षकको टोलीले जनाएको कैफियत कार्यान्वयन गर्न वा सुधार गर्नुपर्ने सुझाव भए सम्बन्धित दललाई पत्राचार गर्ने छ ।”
दलभित्रको बेथिति अन्त्य गर्ने गरी कानुन संशोधनको तयारी
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्दा नियमनमा कडाइका साथै दलभित्रको बेथिति अन्त्य गर्ने गरी मसौदाको तयारी थालेको छ । संविधान घोषणालगत्तै सङ्घीयताको मर्मबमोजिमको ऐन ल्याउनुपर्ने र निर्वाचनसमेत छिट्टै गर्नुपर्ने भएकाले तत्काल सम्बोधन हुन नसकेका विषयलाई समेटेर ऐन संशोधन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
व्यवस्थित सहरीकरणको मापदण्ड निर्माण हुन सकेन
सरकारले आधुनिक सहरीकरणको महसुस गराउने गरी नगरपालिका निर्माण गरे पनि अधिकांश नगरपालिकामा व्यवस्थित सहरीकरणको मापदण्ड निर्माण भएको छैन । स्थानीय तहमा जनप्रतिनिधिले काम गरेको सात वर्ष पूरा भए पनि २९३ वटै नगरपालिकाको एकीकृत सहरी पूर्वाधार विकासको मापदण्ड तयार गर्न नसकेको नेपाल नगरपालिका सङ्घले स्वीकार गरेको छ । सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले केही नगरपालिकाले व्यवस्थित सहरी योजनाको मापदण्ड निर्माण गरे पनि सबै नगरपालिकाले सहरी योजना निर्माण गरी कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश नगरपालिकासँग व्यवस्थित सहरी योजना निर्माण गर्ने दक्ष जनशक्ति छैनन् । योजना बनिहाले पनि कार्यान्वयन गर्ने बजेट नगरपालिकासँग नहुँदा सहरी योजनाको मापदण्ड कार्यान्वयन नभएका हुन् ।”
डाक्टर सा’ब पनि बेरोजगार !
नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर एमबिबिएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबिबिएस मात्र होइन, काठमाडौँ उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन् ।
पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध
राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ ।
सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।
शिक्षा र स्वास्थ्य महँगो भयो : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
महाकाली प्याखँ नृत्य बुधबारदेखि
महाकाली प्याखँ नृत्य बुधबारदेखिमध्यपुरथिमि नगरपालिका-७ नगदेशमा मौलिक महाकाली प्याखँ (नृत्य) पाँच वर्षपछि पहिलो पटक भोलिदेखि प्रदर्शन हुने भएको छ ।
खोकनामा रुद्रायणी जात्रा सुरु
काठमाडौँ उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा सुरु भएको छ । खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन (हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ ।
तीन सय बढीलाई छात्रवृत्ति वितरण
यहाँको मन्थली नगरपालिका-१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति वितरण गर्नुभएको छ ।
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
म कृषि विज्ञ होइन, किसानको छोरा हुँ । सानो हुँदा कृषि गरेको हुँ । ठूलो हुँदा कृषि गर्न भ्याइँदै भ्याइएन । त्यसकारण म अहिले किसान पनि होइन तर मेरो रगतमा किसानको ‘जीन’ छ ।
सरकार रोजगारीसहितको विकासको पक्षमा छ : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताउनुभएको छ ।
प्रदीप गिरीले बालेको समाजवादको आलोक
बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा ।
पहिरोले घर पुरिँदा एकजना घाइते
अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बलेफी गाउँपालिका–४ कोलेमा एक घर पुरिएर पूर्णरुपमा क्षति भएको छ । साथै एक जना घाइते भएका छन् ।
सुरक्षित र व्यवस्थित सहर बनाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै (फोटो फिचर)
काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा (सापारु) पर्व । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो ।
प्रतिकूल मौसमले उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो ।
अध्यक्ष प्रचण्डद्वारा खेलाडीको बिदाइ
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।
उपमहानगरमा आर्थिक सङ्कट, वडालाई बजेट खर्चमा रोक
हेटौँडा उपमहानगरपालिका कार्यालयले वडा कार्यालयलाई चालु आर्थिक वर्षको बजेट खर्चमा रोक लगाएको छ । आव २०८१/८२ का लागि बजेट निर्माण भएर कार्यान्वयनमा आएको
देशभर मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।