बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज
चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
भैँसीगोठमा मरेकाे बाघ फेला पर्याे
पश्चिम मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नं.६ प्रतापपुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ज्येष्ठ नागरिकका लागि आश्रममा मनोमञ्जन पार्क
जेष्ठ नागरिकलाई लक्षित गरी हेटौँडामा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माण हुने भएको छ । हेटौँडा उपमहानगरपालिका–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालय परिसरमा ज्येष्ठ नागरिक मनोमञ्जन पार्क निर्माणाधीन अवस्थामा छ ।
गल्छी–रसुवागढी सडक अवरुद्ध
सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।
शताब्दी पुरानो ‘कन्या पूजा’ तयारी
प्राचीन, ऐतिहासिकता बोकेको मध्यपहाडको एउटा सहर हो बनेपा । यहाँ १२२ वर्षअघि सुरु गरिएको ‘कन्या पूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई) लाई निरन्तरता दिइँदै आइएको छ । कन्या पूजा बनेपा नगरको पुरानो बजारमा बर्सैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ । नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपाली विसं १९५९ देखि जुट्दै आएका छन् : उही लगाव, उही तामझाम र उही रमझमसाथ । दुई वर्ष कोभिड–१९ को महामारीका कारण कन्या पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।
धरहरा खुला गर्ने तयारी
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणका लागि धरहरा छिट्टै खुला गर्न आवश्यक तयारी भइरहेको बताउनुभएको छ । सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा बुधबार सञ्चारकर्मीसँगको भेटमा उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण सम्पूर्ण रूपमा सम्पन्न नभए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक प्रबन्ध मिलाइने बताउनुभयो ।
हाम्रो आयोजनाको काम सन्तोषजनक छ : फ्रान्सिस्को
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) परियोजना कार्यान्वयनको एक वर्ष सन्तोषजनक रहेको सम्बन्धित अधिकारीहरूले बताउनुभएको छ । केही कार्यगत चुनौतीबाहेक सरकार र सम्बन्धित निकायबाट राम्रो सहयोग रहेको पनि उहाँहरूले प्रस्ट पार्नुभएको छ ।
सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला
सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी घाइते हुनुभएको छ । आर्थिक वर्ष २०८१/८२ लागेपछि निर्वाचित जनप्रतिनिधिको दुर्घटनामा निधन भएको यो पहिलो घटना हो । आर्थिक वर्ष र जनप्रतिनिधिको मात्र कुरा होइन । भदौ १ देखि ४ गतेसम्ममा देशभरि भएका सडक दुर्घटनामा १४ जना सर्वसाधारणको मृत्यु भएको छ । सोही अवधिमा ७१ जना गम्भीर घाइते र ३०६ जना सामान्य घाइते भएका छन् ।
आविष्कार केन्द्रले अस्पतालका उपकरण बनाउने
राष्ट्रिय आविष्कार केन्द्रले सरकारबाट दोस्रो जिम्मेवारी पाएको छ । केन्द्रले सङ्घ अन्तर्गतका अस्पतालमा बिग्रिएका उपकरणको मर्मत सम्भारको जिम्मेवारी पाएको हो । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा त्यससम्बन्धी सम्झौता भएको छ ।
त्रिविमा फेरि किचलो
नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो । समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।
नागढुङ्गा–नौबिसे सडकखण्डमा एकतर्फी बाटो खुल्यो
धादिङ जिल्लाको अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्डमा एकतर्फी बाटो खुलेको छ। नागढुङ्गाबाट झण्डै दुई सय मिटर नौबिसेतर्फ पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको थियो।
मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता
बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ ।
धरहरा खुला गर्ने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि छिट्टै धरहरा खुला गर्ने तयारी भइरहेको बताउनुभएको छ।
‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ आयोजना हुने
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि ‘काठमाडौँ यूथ कन्क्लेभ–२०२४’ शनिबार आयोजना हुने भएको छ । कन्क्लेभको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।
सेवाग्राहीबाटै किन कुटिन्छन् स्वास्थ्यकर्मी ?
जीवन रक्षाका लागि आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिने हुँदा बिरामीले चिकित्सकलाई आधुनिक युगका भगवान् भनेर सम्मान गर्छन् । तथापि चिकित्सकले सेवा गर्दैगर्दा त्रुटि गरेमा दुर्व्यवहार पनि उत्तिकै हुन्छ ।
राजमार्ग र पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ज्यामिरे–मनहरी सडक खण्डबाट गाउँपालिकाको केन्द्र जाने सिम्पानी–सरिखेत सडक र मनहरी–चैनपुर सडक अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छ ।
गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् ।
संरक्षणको अभावमा लोप हुँदै थुन्से बुन्ने पेसा
रोशी गाउँपालिका–३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आउनुभएको छ । विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आउनुभएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आउनुभएको हो ।
पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध
काठमाडौँ भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अवरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
खराब मौसमका कारण उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउँछौँ : मन्त्री भण्डारी
मुलुकमा औद्योगिक वातावरण सिर्जना, लगानी प्रवद्र्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको प्रवद्र्धन, सहजीकरण र नियम, औद्योगिक सम्पत्तिको संरक्षण र औद्योगिक पूर्वाधारको व्यवस्थालगायत मुख्य जिम्मेवारी पूरा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय क्रियाशील हुँदै आइरहेको छ ।
ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य
यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ ।
मापदण्ड विपरीत सेनेटरी प्याड खरिद
महिनावारी हुँदाको समयमा महिलाले लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलान्चोकमा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरूका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ ।