‘गाईजात्रा’मा दर्शक हँसाउदै हास्य कलाकार
हास्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।
ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय
किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरूले आफ्नो महान् चाड ढ्वाङकुम सोमबार भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरूले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।
वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै : किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झण्झट
वन्यजन्तुका कारण काभ्रेपलान्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ ।
पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बिस प्रतिशतले राजश्वमा वृद्धि
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।
शक्ति दिएर शरीरलाई बलियो बनाउने खाना 'क्वाँटी'
हिन्दु धर्म अनुसार जनै पूर्णिमामा जनै लगाउने र क्वाँटी खाएर मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यती नै फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु
खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
रक्षाबन्धनले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने : उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्वले समाजका खराब पात्र र प्रवृत्तिको अन्त्य गर्ने बताउनुभएको छ ।
गोसाइँकुण्डमा भक्तजनको घुइँचो
जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवम् पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र तीर्थस्थल छ ।
सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्दछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका निम्ति राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने उल्लेख गर्नुभएको छ ।
जनैपूर्णिमामा भद्राको दोष नलाग्ने
जनैपूर्णिमामा भद्रा भएकाले रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला भद्राको दोष नलाग्ने ज्योतिष शास्त्रका विद्वानहरुले तर्क पेस गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा रक्षाबन्धनको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्व कालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवम् सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
परिवर्तनका लागि लगानी अभिवृद्धिको वातावरण आवश्यक
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहको बताउनुभएको छ । उहाँले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास भइरहेको भन्दै निजी क्षेत्रसँग निरन्तर संवाद गरी यस्तो वातावरण निर्माणमा सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
सम्पदा बस्तीमा एक चौथाइले बनाएनन् निजी आवास
भूकम्प गएको करिब नौ वर्ष बितिसक्दा पनि दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित ऐतिहासिक सहर दोलखाको सम्पदा बस्तीमा करिब एक चौथाइले निजी आवास निर्माण गरेका छैनन् ।
शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरु
जिल्लाको शिवपुरी–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । राजधानी काठमाडौँबाट नजिकै पर्ने उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकनको काम शनिबारबाट सुरु गरिएको हो । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा गोरेटो बाटोसमेत बनाई प्रचारप्रसारको काम भएको हो । गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ पर्यावरण अभियन्तासमेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको हो ।
लाखौँ खर्च गरिएको नारायणी नदी किनार खण्डहर
लाखौँ खर्च गरेर समुद्री तट (सी बिच) झैँ बनाउन खोजिएको नारायणी नदी किनार बाढीले खण्डहर बनाएको छ । सात वर्षयता नारायणी नदी किनारमा हरेक वर्ष एक करोड रु
नुवाकोट कारागार सञ्चालनको तयारी
उपत्यका र आसपासका कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नुवाकोटमा निर्माणाधीन प्रस्तावित केन्द्रीय कारागार सञ्चालनमा ल्याउने तयारी गरेको छ । काठमाडौँ सुन्धारस्थित केन्द्रीय कारागार (जगन्नाथ देवल) डिल्लीबजार कारागार र ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने योजना अनुरूप नुवाकोट कारागार सञ्चालन गर्ने तयारी भएको हो । कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार एक हजार ३७० क्षमताको निर्माणाधीन नुवाकोट कारागार तत्काल सञ्चालन गर्ने गरी विभागले प्रक्रिया अघि बढाएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा : ऐन आएको छ वर्षमा कार्ययोजना बन्दै
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन आएको छ वर्षपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनको कार्ययोजना बनाएको छ । मन्त्रालयले तयार पारेको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना, २०८१ को मसौदालाई पूर्णता दिन मन्त्रालयले सरोकारवालासँग सुझाव सङ्कलन गरिरहेको छ । कार्ययोजनामा सङ्घ, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा बालबालिकामा विद्यालय शिक्षाको सहज पहुँच विस्तारका लागि विभिन्न व्रिmयाकलाप गरिने उल्लेख छ ।
विकास बजेट कर्मचारी कल्याणकारी कोषमा
सङ्घ र प्रदेश सरकारले विकास निर्माणका लागि स्थानीय तहमा पठाएको समानीकरण अनुदानको रकम स्थानीय तहले कर्मचारी कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् । आफ्नै आन्तरिक स्रोत नहुने अधिकांश स्थानीय तहले विकास निर्माणका लागि आएको सो रकम कर्मचारी अवकाश हुँदा खर्च गर्ने गरी कल्याणकारी कोषमा जम्मा गर्ने गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सेवाको आफ्नै दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीलाई खाइपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबर हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ तर उक्त रकम सङ्घ, प्रदेश वा स्थानीय तह कुन निकायले कहाँ जम्मा गर्ने भन्ने कानुनमा स्पष्ट व्यवस्था छैन ।
राष्ट्रिय सभा बैठक: सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन
खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।
ललितपुरको छम्पीमा भैरवको ख्वापाः सहितको आर्ट भिलेज
ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृति)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ ।
बाढीपहिरोमा परी १८२ जनाको मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १८२ जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि भदौ १ गते आइतबार दिउँसोसम्म १८२ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।