राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गर्नुभएको छ ।
एकीकृत सहरी पूर्वाधार विकास अन्तिम चरणमा
भरतपुर महानगरलाई सुन्दर सहर निर्माणका लागि सुरु भएको एकीकृत सहरी पूर्वाधार विकास कार्यव्रmम सम्पन्न हुने चरणमा पुगेको छ । सघन सहरी तथा भवन निर्माण
आरोहण हुने हिमाल थपिँदै
सरकारले आगामी सिजनमा थप ५७ वटा हिमाल आरोहणका लागि खुलाउने प्रक्रिया अघि बढाएको छ । पर्यटन विभागका अनुसार पाँच हजार आठ सय मिटर उचाइमाथिका थप ५७ वटा हिमाल आरोहणका लागि खोल्ने प्रक्रिया अघि बढाइएको हो । विभागका निर्देशक राकेश गुरुङले पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका विभिन्न ५७ वटा चुचुरो आरोहणका लागि खुला गर्ने विषयमा सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो । “मन्त्रीपरिषद्बाट स्वीकृति पाएलगत्तै नयाँ हिमाल आरोहणको बाटो खुला हुन्छ,” उहाँले भन्नुभयो ।
भ्रष्टाचार विधेयकमा छलफल हदम्याद विवादमा अख्तियार लचिलो
करिब पाँच वर्षदेखि विधायिकी प्रक्रियामा रहेको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको दफाबार छलफल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले सुरु गरेसँगै भ्रष्टाचार मुद्दामा हदम्यादको बहस पुनः सुरु भएको छ । सरकारद्वारा प्रस्तुत विधेयकमा प्रचलित कानुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदमा रहँदा मुद्दा चलाउन नपाउने व्यक्तिविरुद्ध अवकाशको पाँच वर्षभित्र मुद्दा दायर गर्नुपर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको छ । सो व्यवस्थाको पक्ष र विपक्षमा अहिले समिति र सार्वजनिक रूपमा समेत बहस भइरहेको छ ।
एसइई नतिजामा अङ्क चढाउँदा धेरै त्रुटि
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सबैभन्दा बढी त्रुटि मार्कस्लिपमा अङ्क चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा भएको पाइएको छ । २०८० सालको एसइईको नतिजाप्रति चित्त नबुझी पुनर्याेग गरेका विद्यार्थीको नतिजाबाट यस्तो देखिएको हो । पुनर्योगका लागि दिएकाहरूको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।
सार्वजनिक यातायातमा सिसिटिभी राख्न निर्देशन
गृह मन्त्रालयले यातायात व्यवसायीलाई सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, तीव्र गति नियन्त्रण र सीमित गर्ने उपकरण जडान गर्न निर्देशन दिएको छ । सार्वजनिक सवारी साधनमा सिसिटिभी र ट्रान्सपोन्डरको समेत व्यवस्था गर्न मन्त्रालयले बिहीबार निर्देशन दिएको हो ।
पाटन दरबार क्षेत्रमा चिनियाँ पर्यटक
ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्दै चिनियाँ पर्यटक । कोरोना महामारीका बेला बन्द भएको चिनियाँ पर्यटक आगमन अहिले पुनः सुरु भएको छ ।
अरिङ्गालले चिलेर मकवानपुरमा एकको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ छापडाँडामा अरिङ्गालले चिलेर एक युवकको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले चिलेर बिहीबार बिहान मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
गठ्ठाघर दुर्घटना : प्रहरीद्वारा अश्रुग्यास प्रहार, यातायात ठप्प
भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गरिने
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनालाई निर्धारित समयमा सम्पन्न गराउन सरकारले आवश्यक पहल कदमी लिएको बताउनुभएको छ ।
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो ।
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’
बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै हुनुहुन्थ्यो ।
संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित
संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।
भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
राष्ट्रिय परिचयपत्र सबै क्षेत्रमा लागू गरौँः सांसद शेर्पा
राष्ट्रिय सभामा नेकपा (एमाले)का सांसद सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय परिचयपत्रलाई सबै क्षेत्रमा लागू गर्नुपर्ने बताउनुभएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस
काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८ औँ स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियोे ।
यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
राष्ट्रियसभामा नियमित शून्य समय चलाइने
सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
भ्रष्टाचार निवारण ऐन समय अनुकूल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकूल बनाउनुपर्ने बताउनुभएको छ ।
जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो
ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको उपस्थितिमा वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे बिहीबार छलफल भएको छ ।
डेंगु परीक्षण र उपचारका लागि सङ्घीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।
भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो
यहाँको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानो सिरूबारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
मनमोहन अस्पतालमा मुटुको जटिल शल्यक्रिया
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गर्भवती महिलाको मुटुको जटिल शल्यक्रिया भएको छ ।