प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा सढेर सुनाउनुहुने छ ।
एक लाख ३० हजार भक्तजन देवघाटमा
तीन जिल्लाको सङ्गम देवघाटधाम मेलामा साउन महिनामा एक लाख ३० हजार भक्तजन सहभागी भएका छन् ।
सुनको मूल्य अकासियो, तोलाकै डेढ लाखभन्दा बढी
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
मेलम्ची–हेलम्बु जोड्ने पुल जोखिममा
हेलम्बु गाउँपालिकाको तालामाराङमुनि रहेको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने झोलुङ्गे पुल बाढीले गर्दा जोखिममा पारेको छ ।
अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ ।
युवामा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो ।
मेघौली जङ्गल सफारीमा पर्यटकको आकर्षण
बाघ, गैँडा देखिन थालेपछि पश्चिम चितवनको मेघौली क्षेत्रमा जङ्गल सफारी गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र सौराहाबाट प्रवेश गरेर पश्चिमतर्फ कसरासम्म आउने गर्छन् । सौराहाको प्रवेश क्षेत्रमा गैँडाको सङ्ख्या कमी हुँदै गएको र निकुञ्जको पश्चिम मेघौली, अमलटारीको विभिन्न स्थानमा जनावरको सङ्ख्या बाक्लो हुन थालेपछि सफारीको आकर्षण मेघौली बनेको हो ।
केही स्थानमा वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका कामकारबाहीबारे आमजनताले सहज रूपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाउनुभएको छ ।
कारागार व्यवस्थापनमा समस्या : क्षमताभन्दा बढी कैदीबन्दी
२०८० साउन २३ गते सङ्खुवासभा कारागारमा कैदीबन्दीबिच कुटाकुट हुँदा आकाश बलामी र विनोद तोलाङ्गीको ज्यान गयो । कारागारको शौचालयको झ्याल काटेर भाग्ने क्रममा बलामी र तोलाङ्गीलाई प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको केहीबेरमै अन्य कैदीले कुटपिट गर्दा बलामी र तोलाङ्गीको मृत्यु भएको हो । असार २७ गते गोरखा कारागारका कैदीबन्दीबिच कुटाकुट भयो । टिभी हेरेर बसेका कैदीलाई अर्का कैदीले तानेर बस्ने क्रममा भएको विवाद झडपमा परिणत भयो । झन्डै एक सय कैदी रहेको उक्त कारागारमा तत्काल सुरक्षाकर्मी परिचालन हुँदा मानवीय क्षति भने हुन पाएन ।
‘कृषि अनुदानको मूल्याङ्कन आवश्यक’
कृषि क्षेत्रका लागि वितरित अनुदानको मूल्याङ्कन आवश्यक भएको कृषि मन्त्रालयका पूर्वसचिवहरूले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गर्दै उनीहरूले अनुदानको मूल्याङ्कनसहित नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको, तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको, बाँझो रहेको जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् ।
बन्द हुँदै उद्योग घट्दै निर्यात
मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।
मन्त्रीहरू अब भैँसेपाटी निवासमा
सङ्घीय सरकारका मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित हरिहर भवन मन्त्रीनिवासबाट भैँसेपाटीस्थित नवनिर्मित सुविधासम्पन्न मन्त्रीनिवास सर्न सुरु गर्नुभएको छ । अहिलेसम्म पाँच जना मन्त्री भैँसेपाटी निवासमा सर्नुभएको सहरी विकास मन्त्रालयले जनाएको छ । यसै गरी राष्ट्रिय सभाका उपाध्यक्षसमेत भैँसेपाटीस्थित नवनिर्मित भवनमा सर्नुभएको छ ।
धेरै पैसा र ग्रिनकार्डको लोभमा पर्दा ...
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन् ।
‘संहिता’ लाई समय सान्दर्भिक बनाउन सुझाव
प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ लाई समयअनुसार गुणस्तरीय बनाउन लेखक तथा पाठकहरूले सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
ऐन संशोधन र ओएनएममा मन्त्रालयले सहजीकरण गर्नुपर्छ
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको पुरानो ऐन संशोधन एवम् सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।
खोलाले बगाएर मृत्यु
ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ ।
मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिनुभएको छ ।
पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेप्से परिसूचक ७० अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ ।
सुन्दरी जलमा बोलबमका श्रद्धालु
साउन महिनाको अन्तिम सोमबार सुन्दरीजलमा पूजाआजा गरी जल लिँदै बोल बममा सहभागी श्रद्धालु । हिन्दू धर्मावलम्बीले साउनमा शिवको पूजा आराधना र महिमा गाउँछन् ।
परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छ : उद्योगमन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताउनुभएको छ ।
महिन्द्राको 'युभो टिच प्लस' ट्रयाक्टर नेपालमा
बहुराष्ट्रिय कम्पनी महिन्द्रा समूह अन्तर्गतको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले उत्पादन गरेको नयाँ ट्रयाक्टर ‘युभो टिच प्लस’ नेपाल भित्रिएको छ।
हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ : उपप्रमुख डंगोल
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।