• १६ भदौ २०८१, आइतबार

शिक्षा र स्वास्थ्य महँगो भयो : नेता कोइराला

blog

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुुहुँदै

काठमाडौँ, भदौ ४ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताउनुभएको छ ।मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

नेता कोइरालाले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने जानकारी दिनुभयो । उहाँले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेता कोइरालाले आफ्ना सन्तानलाई पढाउन सक्ने अवस्था नै नरहेको बताउनुभयो ।