• १६ भदौ २०८१, आइतबार

सांसदबिचको असमानता हटाउन निर्वाचन प्रणाली संशोधन : महासचिव पोखरेल

blog

एमालेका महासचिव शङ्कर पोखरेल नेपाली कांग्रेसका समाजवादी चिन्तक स्व. प्रदीप गिरीको द्वितीय स्मृतिमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त

काठमाडौँ, भदौ ४ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रतिनिधि सभाका सदस्यहरू भित्रको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा (एमाले)बिच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताउनुभएको छ ।

मङ्गलबार काठमाडौँमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

महासचिव पोखरेलले चुनाव जितेकाले ‘क’ वर्ग र समानुपातिकबाट चयन भएका सांसदले ‘ख’ वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले यसमा नेकपा (माओवादी केन्द्र), मधेशवादी दलहरूले असहमति प्रकट गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरूले नै सही बाटो देखाएको स्मरण पनि गर्नुभयो । उहाँले अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको बताउनु भयो ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबिच भएको सहमति तत्कालै बाहिर नल्याउनुका कारण नेकपा (माओवादी केन्द्र)लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताउनुभयो ।