सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ ।
पालिकाले आफ्नै पाठ्यपुस्तक बनाउँदै
आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । एक वर्षबाट कक्षा १ देखि ८ मा पाठ्यक्रमको आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षबाट पुस्तकबाट पढाउने गरी तयारी थालेको हो ।
पुस्तकालय स्तरोन्नतिका लागि अनुदान
सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । प्रदेशका १५ वटा पुस्तकालय छनोट गरी कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध
बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।
सुरु हुँदै ब्रह्माण्डीय महायज्ञ
बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु हुने ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञलाई सम्बोधन गर्न दोस्रो दिन फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल पञ्चकोट आउन लाग्नुभएको हो ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार
गाँजा खेतीलाई वैधानिक बनाउन ऐन निर्माण गरिरहेको गण्डकी सरकारले प्रदेशमा यसको सम्भावनाबारे अध्ययन गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रुपमा प्रशस्त मात्रामा उम्रिने गाँजाको सम्भाव्यता अध्ययन गर्न कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार परामर्शदाता माग गरेको छ ।
सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड
तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढि रकम भित्राएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।
विद्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पाल्पाको विजयी सुरुवात
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
लोपोन्मुख गिद्ध संरक्षणमा चासो
नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।
म्याग्देमा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन
जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ ।
दुई हजारभन्दा बढीको निःशुल्क मुटु परीक्षण
पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा गरेको निःशुल्क मुटु स्वास्थ्य शिविरमा दुई हजार ५० जनाले मुटुको परीक्षण गर्नु भएको छ ।
बाल सुधार गृहमा झडप : तीन बालक घाइते
पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् ।
मगर संस्कृति संरक्षणका लागि मगर सङ्ग्रहालय निर्माण
मगर संस्कृति संरक्षणका लागि नवलपुरको देवचुलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका-१० पृथ्वीनगरमा मगर सङ्ग्रहालय निर्माण गरिएको हो ।
तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका– १ गिराउनचौरमा आईतबार राती १२:३० दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भिर घाइते हुनु भएका आँबुखैरेनी–६ बस्ने ५६ बर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो । यसअघि आबुखैरेनी गाउँपालिका–६ छापस्वाँरा बस्ने ७२ बर्षका आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ बर्षकी तुलसी गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो ।
महेन्द्रपुलमा बन्यो झन्डा पार्क
पोखरा महानगरको करिब मध्यभागमा पर्ने महेन्द्रपुलमा झन्डा पार्क निर्माण भएको छ । पोखरा–९ को महेन्द्रपुलमा पहिलेको सार्वजनिक पुस्तकालयको स्थानमा पार्क बनाइएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब ७० लाख रुपियाँ लागतमा पार्क निर्माण भएको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा पार्क उद्घाटन गर्नुभयो ।
विषाक्त आहारले मरे गिद्ध
नवलपुरको कावासोती–११ स्थित लोकाहा खोला किनारमा लोपोन्मुख प्रजातिका छ वटा गिद्ध मरेका छन् । चारवटा डङ्गर र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको छ । अर्को मृत गिद्ध कुन प्रजातिको हो खुलेको छैन । जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार एउटा सुन गिद्ध र छ वटा डङ्गर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । बिरामीमध्ये एउटा डङ्गर गिद्धको अवस्था गम्भीर छ । मरेको स्यालको सिनो खाएर गिद्ध मरेको बताइन्छ । उहाँका अनुसार गिद्ध मरेको स्थानमा दुई वटा मरेको स्यालको सिनोसमेत फेला परेको छ । विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाँदा गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए ।
भिमसेन तारासँग सेना पराजित
गोरखामा जारी मिस्टर बि आठौँ रनिङ कप–२०८० को दोस्रो दिन सोमबारको खेलमा नेपाली सेनाको रिपुमर्दन गण गोरखा भिमसेन तारा युवा क्लब गोरखासँग ४–० गोलले पराजित भएको छ ।
स्याङ्जामा पाँच मोटरेबल पुल निर्माण
पूर्वाधार विकास कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा पाँच मोटरेबल पुल निर्माण गर्ने भएको छ । पूर्वाधारले चार मोटरेबल पुल निर्माण थालेको छ भने एक पुल निर्माणको अन्तिम तयारीमा छ ।
माझी समुदायले गाउँमै पाए स्वास्थ्य सेवा
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटका माझी समुदायले गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
ढोरपाटन उपत्यकाका विद्यालय खुले : चिसोले शिक्षक र विद्यार्थी बिरामी
अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् ।
कालोपत्रे गरिएको हुम्डे विमानस्थल अलपत्र
नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा ९ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ ।
रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ ।