‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१ औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमुना बनाइँदै जीवनज्योति
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ ।
तनहुँमा २२ जनाले लिए गैरआवासीय नागरिकता
तनहुँबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार हालसम्म २२ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् ।
आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै बागलुङको बेलढुङ्गा
चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
तनहुँमा १७ प्रतिशत मात्रै खर्च
तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च कछुवा गतिमा देखिएको छ । सात महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
कावासोती आइपुगे मिटरब्याजपीडित
न्यायको माग गर्दै पैदल मार्चपास सुरु गरेका मिटरब्याजपीडितको एउटा टोली १५ औँ दिनमा गए राति कञ्चनपुरको महेन्द्रनगरबाट नवलपुरको सदरमुकाम कावासोती आइपुगेको छ । पूर्वको काँकडभिट्टाबाट पैदल यात्रा सुरु गरेको अर्को टोली भने १५ औँ दिनमै मकवानपुरको हेटौँडा आइपुगेको छ ।
हिउँदे धान लगाउने चटारो
पूर्वी नवलपरासीमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे (चैते) धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३, विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।
मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
सुस्तामा सास्ती, ‘पढ्न नपाएर जीवन अन्धकार भयो’
सुस्ता वडा नम्बर ५ का गुड्डु खटिएको उमेर अहिले २० वर्ष भयो। ११ वर्षमा उहाँले कक्षा पाँच पास गर्नुभयो। उहाँको चाहाना अलि धेरै पढ्ने थियो। तर गाउँमा भएको एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालयमा पाँचसम्म मात्र पढाई हुन्थ्यो। ६ कक्षा पढ्नका लागि यता भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगर जानुपर्थ्यो अथवा ढुङ्गा चढेर नारायणी पार गरेर जानुपर्थ्यो।
पोखरा चैतभित्रै पर्यटनको राजधानी : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरा महानगरलाई पर्यटनको राजधानी सहर घोषणा गरिने बताउनुभएको छ ।
नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् ।
चेपाङ समुदायका विपन्न किसानलाई उन्नत जातका बोका र बाख्रा
उन्नत जातको बोका र बाख्रा पाएपछि चेपाङ समुदायका विपन्न किसानहरू खुसी भएका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ मा रहेको विपन्न चेपाङ समुदायका किसानहरूलाई जीविकोपार्जन सहयोगका लागि उन्नत जातको बाख्रा तथा बोका वितरणले राहत भएको गण्डकी गाउँपालिका-७ का अध्यक्ष तुलसी रेग्मीले जानकारी दिनुभयो ।
मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन बन्द
मानपुर–डेढगाउँ–बुलिङटार सडक १५ दिन अवरुद्ध हुने भएको छ। सडक कालोपत्रे गर्नको लागि फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वा विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो।
फापरथुममा बृहत् साहित्य सम्मेलन
आधीँखोला गाउँपालिका-५ फापरथुममा बृहत् साहित्य सम्मेलन गरिएको छ । आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले यहाँ दुई दिने बृहत् साहित्य सम्मेलन गरेको हो ।
पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अनुसार उक्त महाघण्ट राखिएको हो ।
सिद्धगुफा नवप्रवर्तन कार्यक्रममा छनोट
बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफा गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि छनोट भएको छ । कार्यक्रमबाट पर्यटन प्रवर्धनका भई पर्यटक बढ्ने विश्वासमा व्यवसायी उत्साहित भएका छन् । नवप्रवर्तन कार्यक्रमका लागि बन्दीपुरमा जनपर्यावरणमैत्री तथा सिद्धगुफा विकास कार्यक्रम छनोट भई सम्झौतासमेत भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय, पोखरा र बन्दीपुर गाउँपालिकाबिच सम्झौता गरिएको हो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेस गरेपछि दुवै पक्षबिच सम्झौता भएको हो ।
‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनःदेखियो
गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी मन्त्रिपरिषद्को बैठक पञ्चकोटमा
बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आज बसेको छ । प्रदेश राजधानी पोखरादेखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् बैठक हो ।
घट्खोलामा मोटरेबल पुल निर्माण
देशकै पहिलो ग्रामीण गाउँ सिरुवारी तथा पर्वत जिल्ला जोड्ने अर्जुनचौपारी ३ घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु
मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलामिटरमध्ये पोखरा प्रवेशको लामेआहालमा हाल अस्पाल्ट कालोपत्रको काम सुरु भएको हो ।
हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब
स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको धार्मिक एवं ऐतिहासिकस्थल नुवाकोटलाई रोजेको छ ।
विश्वका मानिसको मन लोभ्याउने मनाङ
हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् ।