बजेट अभावमा नगर अस्पतालको काम रोकियो
भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने भवन निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई बताउनुभयो । एघार करोड ५२ लाख नौ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माणको थालिएको थियो ।
मिटरब्याजीसम्बन्धी हेल्प डेस्क
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मिटरब्याजीसम्बन्धी हेल्प डेस्क स्थापना गरेको छ।
एमाले कास्की अध्यक्षमा अधिकारी
नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी बन्नुभएको हो ।
पोखरा २२ को वन अतिक्रमण गर्ने २२ जनालाई मुद्दा
पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध मुद्दा दायर भएको छ। डिभिजन वन कार्यालय कास्कीले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मङ्गलबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी
गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठुला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन् ।
बास्तोलाको खोजी गर्न सेती बाँध खोलिने
सेती नदीमा हाम फालेर बेपत्ता हुनुभएका सुगम बास्तोलालाई खोज्न सेतीको बाँध खोलिने भएको छ । नदीमा पानीको बहाव बढाएर बास्तोलाको खोजी गरिदिन परिवारले निवेदन दिएकाले बाँध खोलिन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जोमसोम कोरला सडक
बेनी-जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरि र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर ।
ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा बनाईएको विभिन्न आकृतिले पर्यटकको ध्यान खिच्न थालेको छ । निर्माण पुरा नहुँदै आकृति हेर्न यतिबेला सयौं पर्यटक पुग्ने गरेका छन् । ढुङ्गा खोपेर आकर्षण बनाउने काम अन्तिम चरणमा पुगेको र वैशाख १ गते देखि टिकट बिक्री गरी आम्दानी लिने सोच राखिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहरोलाई पर्यटनको प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा
समय सकियो सकिएन सीमाङ्कन
चैत ४ गते फेवाताल किनारको लेकसाइडमा भव्य समारोहबिच पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो । पहिले ‘बैदाम’ भनिने किनारको यो बस्ती तालकै कारण अहिले ‘लेकसाइड’ बनेको छ । रामसार सूचीमा रहेको फेवाताल पोखराका तालमध्ये सबैभन्दा बढी अतिक्रमणमा परेको छ । मानवीय र प्राकृतिक दुवै अतिक्रमणले खुम्चिँदै गएको ताललाई प्राकृतिक स्वरूपमै ल्याउन र अतिक्रमणमुक्त बनाउन सर्वोच्च अदालतले बारम्बार दिएका आदेश कार्यान्वयन हुन सकेका छैनन् । फेवाको मापदण्ड कायम गर्न र ६५ मिटर मापदण्डको मध्यवर्ती क्षेत्रलाई पूर्ण रूपले हरियाली बनाउन सर्वोच्चले गएको असारमा परमादेश दिएको थियो ।
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ ।
सोह्र वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक
दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न वि.सं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।
गुल्मीका स्थानीय तहलाई एक अर्बभन्दा बढी अनुदान
गुल्मीका स्थानीय तहले एक अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम निर्धारण गरी सार्वजनिक गरेको छ ।
‘बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिनुहोस्’
मतदातासँग जनसंवाद कार्यक्रम सञ्चालनका लागि पर्वतको महाशिला पुग्नुभएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीलाई स्थानीयवासीले बाँदर नियन्त्रण गर्ने कानुन बनाइदिन आग्रह गरेका छन् ।
ढुङ्गामा आकृति
खोलाको ढुङ्गामा उतारिएको तनहुँको ऑबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराको आकृति ।
मर्स्याङ्दी जलविद्युतको उत्पादन ३९ मेगावाट घट्यो
तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत् उत्पादन ठुलो परिमाणमा घटेको छ । यस वर्ष लामो समय सम्म पानी नपरेकोले ठुलो परिमाणमा उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले जानकारी दिनुभयो ।
द्यौवादी डाँडामा पदमार्ग
आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले हुप्सेकोट गाउँपालिकाले द्यौवादी डाँडामा फुट ट्रेल (पदमार्ग) निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जिल्लाको उच्च भागमा पर्ने द्यौवादीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको बताउनुभयो । गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुग्ने मुख्य गन्तव्य पनि यहीँबाट हुने भएकाले यसको विकास गरिएको उहाँले बताउनुभयो । दलदलेबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो ठाउँमा बाह्रै महिना जाडो हुन्छ । यहाँको प्राकृतिक दृश्य अवलोकनसँगै आन्तरिक तथा बाह्य पर्यटक भत्र्याउन सकियो भने मात्र पनि यहाँको विकासमा प्रभाव पर्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।
निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित
म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।
बेगनासमा दौडिए ड्रागन जस्ता डुंगा
पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।
नाबालिका बलात्कार गर्ने पक्राउ
नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० बिरेनचोकका २२ वर्षीय मदन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखाको चुमनुब्रीलाई जोड्न डिपीआर तयार
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माण सुरु
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।
असिना–पानीले बाली नष्ट
म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ ।
घोडेपानीको पर्यटन प्रवर्द्धन गर्न घोडादौड प्रतियोगिता
म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल घोडेपानीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन घोडा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा फागु पूर्णिमाको अवसरमा घोडा व्यवसायी समितिले चौथो घोडा दौड प्रतियोगिता आयोजना गरेको हो ।