राष्ट्रपति तराई मधेस चुरे संरक्षणद्वारा बाँकेमा २० हजार वृक्षरोपण
राष्ट्रपति तराई मधेस चुरे संरक्षण कार्यक्रम अन्तर्गत बाँकेमा एकसाता भित्र २० हजार वृक्षरोपण गरिएको छ । बाँके बैजनाथ गाउँपालिकाको गाभरभ्यालिमा रहेको रारा आधारभूत विद्यालयको प्राङ्गणबाट शुरु भएको सो वृक्षारोपण उक्त क्षेत्रको १० हेक्टर जग्गामा गरिएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य भेषराज आचार्यले बताउनुभयो ।
बीमा कम्पनीको नाममा परमादेश आदेश
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।
बाँके र बर्दियामा बाघको आक्रमणबाट २९ जनाको मृत्यु
गत पाँच वर्षमा बाघको आक्रमणबाट बाँके र बर्दियामा २९ जनाको मृत्यु भएको तथ्याङक छ । बाँके र बर्दिया निकुञ्जले दिएको जानकारी अनुसार गत पाँच वर्षको अवधीमा बर्दियामा २३ र बाँकेमा ६ जना गरेर २९ जनाको मृत्यु भएको हो ।
बाल अस्पताल वर्षौंदेखि बन्द
बालबालिकाको उपचारका लागि करिब डेढ दशकअघि स्थापना भएको सामुदायिक बाल अस्पताल चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । २०६६ सालमा घोराही उपमहानगरपालिका–१६ स्थित सर्रामा स्थापना भएको सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका थिए तर स्थानीयको त्यो खुसी लामो समय टिक्न सकेन ।
क्यान्सरपीडित बालकलाई उपचार खर्च सहयोग
रुपन्देहीको सैनामैना नगरपालिका १० झिमझिमियाका चेतबहादुर सारुले क्यान्सर पीडित बालकको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । सारुले पीडित बालकलाई २५ हजार ६ सय २५ रुपियाँ उपचार खर्च सहयोग गर्नुभएको हो ।
सवल आर्थिक केन्द्र समुन्नत बुटवल
बुटवल उपमहानगरपालिकाले आगामी वर्षका लागि नगरको नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार बसेको नगरसभामा नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्ष २०७९–८० का लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गर्ने तीन जना पक्राउ
औषधिमा नयाँ मूल्य राखेर विक्री वितरण गरेको आरोपमा बुटवलमा तीन जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा औषधि तथा पोषणयुक्त सामाग्रीको गोदाम गरेर नयाँ मूल्य राखी विक्री वितरण गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
भृकुटी कागज कारखाना : स्थानान्तरणको माग
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा ४२ वर्षअघि सञ्चालनमा आएको नेपालको सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना बन्द भएको करिब १२ बर्ष हुुनलाग्दा पनि सञ्चालनमा आउन नसक्दा कारखाना खण्डहर बन्दैगएको छ ।
ओलम्पिक दिवसमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलाडीलाई सम्मान
नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसन लुम्बिनी प्रदेश कमिटीले ओलम्पिक दिवसको अवसरमा बुधबार नेपालगञ्जमा बाँकेका पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको छ ।