बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ ।
विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।
बाँकेमा चिनी तस्करी बढ्यो, ५२० बोरा चिनी बरामद
भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक सयौं क्विन्टल अवैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । राजश्व छली गरेर ठूलो मात्रामा नेपाल भित्रिएको चिनी प्रहरीले पटक पटक बरामद गर्दै आएपछि यस नाकाबाट चिनी तस्करी बढेको पुष्टि भएको हो ।
गोरुसिङ्गे–सन्धिखर्क सडकको बेहाल अवस्था : यात्रुलाई सास्ती
अर्घाखाँचीको मुख्य गोरुसिङ्गे–सन्धिखर्क सडक मर्मत हुन नसक्दा बेहाल अवस्था भएको छ । समयमै मर्मत हुन नसक्दा यात्रुलाई यात्रा गर्न सास्ती भएको स्थानीयको भनाई छ ।
पहिरो पन्छाउने काम अब कालीगण्डकी करिडोरले गर्ने
कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडकखण्डमा पहिरो पन्छाउने काम अब करिडोरको कार्यालयले ब्यवस्थापन गर्ने भएको छ । कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुंगा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले क्षेत्रीय कार्यालयबाट बजेटको ब्यबस्थापन भएकाले अब पहिरो पन्छाउने काम कार्यालयले गर्ने जानकारी दिनुभयो ।
रोल्पामा सम्बन्ध विच्छेद गर्ने बढ्दै
रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् । यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।
म्याद गुज्रेको औषधिमा मिति र एमआरपी थप्ने तीनजना पक्राउ
रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधिमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन् ।
सत्ताइस वर्षपछि सडकको स्तरवृद्धि
प्युठानमा ट्रयाक खुलेको २७ वर्षसम्म स्तरवृद्धि हुन नसकेको सडक कालोपत्रे थालिएको छ । सरुमारानी गाउँपालिका–४ बड्डाडादेखि ऐरावती जोड्ने सडक गाउँपालिकाले कालोपत्रे सुरु गरेको हो । एक किलोमिटर लम्बाइ र पाँचमिटर चौडाइ सडकलाई कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक करोड १० लाख रुपियाँको लगानीमा सडक कालोपत्रे हुने भएको हो ।
पाल्पामा अधिकांशले निर्वाचन खर्च बुझाएनन्
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा समेत अधिकांश उम्मेद्वारहरूले खर्च विवरण बुझाएका छैनन् । पाल्पाका दशवटा स्थानीय तहमा उम्मेद्वार बनेका एक हजार ७२ जनामध्ये चारसय १३ जनाले मात्रै खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पाल्पामा बुझाएको सो कार्यालयले जनाएको छ ।